stcnepal long ad
global ime bank long

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट लिइने कर्जाको ब्याजदरबारे ग्राहकलाई सचेत रहन आग्रह

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट लिइने कर्जाको ब्याजदरबारे ग्राहकलाई सचेत रहन आग्रह गरेको छ । राष्ट्र बैंकले कर्जाको ब्याजदर स्थिर वा परिवर्तनशील दुवै प्रकारको हुन सक्ने जनाएको हो ।

राष्ट्र बैंकका अनुसार स्थिर ब्याजदर भएको कर्जामा तोकिएको अवधिसम्म ब्याजदर परिवर्तन हुँदैन । तर परिवर्तनशील ब्याजदरमा भने बैंकको आधार दर (बेस रेट) मा आएको परिवर्तनअनुसार ब्याजदर घटबढ हुन सक्छ ।

यस्तै बैंक तथा वित्तीय संस्थाले परिवर्तनशील ब्याजदरमा कर्जा प्रवाह गर्दा आधार दरमा प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्ने र यस्तो प्रिमियम ग्राहक वा कर्जाको जोखिम मूल्यांकनका आधारमा तय गरिने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले एकपटक प्रिमियम दर निर्धारण गरी कर्जा स्वीकृत भएपछि पछि गएर सो दर मनपरी रूपमा बढाउन वा छुट दिएर पुनः स्वतः वृद्धि हुने योजना लागू गर्न नपाइने स्पष्ट पारेको छ ।

परिवर्तनशील ब्याजदरमा कर्जा लिने ग्राहकले कर्जा प्रस्तावपत्र लिंदा आधार दर र प्रिमियम दरबारे स्पष्ट जानकारी लिनुपर्ने राष्ट्र बैंकको सुझाव छ ।

साथै आधार दरमा आएको परिवर्तनका कारण ब्याजदरमा के कति परिवर्तन भयो र त्यो कहिलेदेखि लागू भयो भन्ने जानकारी पनि सम्बन्धित बैंक वा वित्तीय संस्थाबाट बुझ्नुपर्ने उल्लेख गरिएको छ ।

IME Lifesidebar
kumari