stcnepal long ad
ime life insurance
national life
global ime bank long

उपकार लघुवित्त वित्तीय संस्थाले हकप्रद निष्कासन गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । संस्थाको केन्द्रीय कार्यालय कोहलपुरको आयोजनामा काठमाडौँस्थित होटल सेन्ट्रल प्लाजामा सम्पन्न सभामा संस्थाको अध्यक्ष शान्ति देवी ढकालको अध्यक्षतामा वित्तीय विवरण स्वीकृत गर्ने तथा हकप्रद शेयर जारी गर्न सम्बन्धित निकायमा आवेदन दिने निर्णय गरिएको हो ।

सभामा संस्थाको मातृ संस्था महिला मञ्चकी अध्यक्ष चन्द्रकला न्यौपानेले उपकार लघुवित्तको हालसम्मको प्रगतिको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढ्न सुझाव दिइन् । उनले महिला उपकार मञ्च सधैं संस्थाको साथमा रहने प्रतिबद्धता पनि व्यक्त गरिन् ।

त्यसैगरी, सर्वसाधारण शेयरधनी डिल्लेश्वर कार्कीले हाल लघुवित्त वित्तीय संस्थाहरूले विभिन्न चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्दै विशेष परिस्थितिमा पनि कर्मचारीहरूले पुर्‍याएको योगदानको मूल्यांकन गर्नुपर्ने धारणा राखे ।

सभामा अध्यक्ष शान्ति देवी ढकालले संस्थाको समग्र प्रगति विवरण प्रस्तुत गर्दै हालसम्मका उपलब्धि, वित्तीय अवस्था तथा आगामी योजनाबारे जानकारी गराएकी थिइन् । उनले संस्थालाई अझ सुदृढ, पारदर्शी र सेवामुखी बनाउने लक्ष्यसहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।

साधारणसभाले संस्थाको वित्तीय विवरण स्वीकृत गर्नुका साथै पूँजी वृद्धि र विस्तारका लागि हकप्रद शेयर जारी गर्ने प्रक्रियालाई अघि बढाउन सम्बन्धित नियामक निकायसँग समन्वय गर्ने निर्णय गरेको छ ।

IME Lifesidebar
kumari