stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एभरेष्ट इन्जिनियरिङ कलेजमा तीन दिने शोध लेखन तालिम सम्पन्न

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । देशकै उच्च प्राविधिक कलेजहरूमा अब्बल मानिएको ललितपुर सानेपा स्थित एभरेष्ट इन्जिनियरिङ कलेजमा आज तीन दिने शोध लेखन तालिम सम्पन्न भएको छ।

अनुसन्धान नगरी देश विकास सम्भव छैन भन्ने तथ्य स्थापित भइसकेको वर्तमान परिप्रेक्ष्यमा अनुसन्धानको परिणाम प्रकाशन पनि उत्तिकै महत्वपूर्ण रहेको कुरा युरोप अष्ट्रियाको क्रेम्स शहरमा रहेको आईएमसि विश्वविद्यालयमा लामो समय देखि अध्यापन तथा अनुसन्धानमा संलग्न प्रा.डा.सरिता पौडेलले जानकारी दिए।

तालिममा स्रोत व्यक्तिको रूपमा प्रा.डा.सरिता पौडेलले शोध लेखनमा सहयोगी लिङ्कहरू प्रयोग गर्ने विधिबारे जानकारी दिए।

विद्यार्थी तथा शिक्षकहरूबाट उच्च स्तरीय रिसर्च जर्नलहरूमा प्रकाशित भएका शोध लेखहरूकै आधारमा कलेज तथा विश्वविद्यालयहरूको अन्तर्राष्ट्रिय स्थान मापन हुने भएकोले उच्च स्तरको अनुसन्धानको साथै शोध लेख प्रकाशन गर्नु पर्ने कुरामा त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका डा. पवनकुमार भट्टराईले जोड दिए। अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशन गर्न शोध लेखमा हुनुपर्ने गुणहरू बारे डा. भट्टराईले विस्तृत जानकारी दिए।

स्नातकोत्तर तथा विद्यावारिधीका विद्यार्थीहरूले शोध लेख तयार गर्न उपयोगी इन्टरनेटमा उपलब्ध विभिन्न साधन तथा सूत्रहरूमा पहुँच तथा व्यावहारिक प्रयोग विधि सम्बन्धी विस्तृत जानकारी एभरेष्ट इन्जिनियरिङ कलेजको स्नातकोत्तर कार्यक्रम संयोजक इन्जिनियर नारायण सापकोटा तथा सोही कार्यक्रमका शिक्षक प्रा.डा. प्रदिप पौडेलले जानकारी दिए।

समकक्ष समीक्षा अर्थात पियर रिभ्यू शोध लेख प्रकाशन प्रक्रियाको अभिन्न अङ्ग भएको र समकक्ष समीक्षा कसरी गरिन्छ भन्ने विषयमा एभरेष्ट इन्जिनियरिङ कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले तालिमको स्रोत व्यक्तिको रूपमा प्रशिक्षार्थीहरूसँग आपसी संवाद मार्फत जानकारी दिए।

तालिम समापन कार्यक्रममा एभरेष्ट इन्जिनियरिङ कलेजका तथा युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेजका प्रशिक्षार्थी तथा सबै प्रशिक्षकहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। तालिम विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा एभरेष्ट इन्जिनियरिङ कलेजको अनुसन्धान समितिले आयोजना गरेको थियो।

prabhu mahalaxmi
kumari