stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले देशका विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा रिक्त रहेको उपकुलपति पद पूर्तिका लागि दरखास्त आह्वान गरेको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र बी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदका लागि आवेदन मागेको हो।

उपकुलपति पदमा उपयुक्त नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम यो प्रक्रिया अघि बढाएको जनाएको छ।

इच्छुक र योग्य व्यक्तिहरूले १० दिनभित्र मन्त्रालयको आधिकारिक वेबसाइटमा दिइएको लिङ्कमार्फत दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ ।

prabhu mahalaxmi
kumari