stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल एयरलाइन्सले पाइलटसहित ५ जनालाई बर्खास्त गर्दै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पाइलटसहित ५ जना कर्मचारीलाई सेवाबाट हटाउने प्रक्रिया अघि बढाएको छ । लामो समयदेखि बिनाअनुमति कार्यालयमा अनुपस्थित रहेका कर्मचारीविरुद्ध निगमले कारबाही प्रक्रिया सुरु गरेको हो ।

निगम सञ्चालक समितिको वैशाख ४ गते बसेको बैठकले लगातार लामो समयसम्म गैरहाजिर रहेका कर्मचारीलाई सेवाबाट हटाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार निगमले अन्तिम पटक स्पष्टीकरण पेश गर्न मौका दिएको हो ।

नेपाल वायुसेवा निगमका कर्मचारीहरूको सेवा शर्त सम्बन्धी विनियमावली, २०५८ को विनियम ९३ (१) (क) अनुसार विदा स्वीकृत नगराई लगातार ३० दिनभन्दा बढी कार्यालयमा अनुपस्थित रहने कर्मचारीलाई भविष्यमा निगमको सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने व्यवस्था छ ।

निगमको मानव संसाधन विभागले जारी गरेको सूचनाअनुसार बाटोको म्यादबाहेक सात दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पेश नगरे सेवाबाट हटाउने कारबाही अघि बढाइनेछ ।

कारबाही प्रक्रियामा परेका कर्मचारीमा प्रशासन अधिकृत उमेश कुमार साह, क्याप्टेन सञ्जय यांदे श्रेष्ठ, को-पाइलट विवेक प्याकुरेल, अटोमोबाइल इन्जिनियर सरोज कार्की र अटोमोबाइल इन्जिनियर विदित देवकोटा रहेका छन् ।

prabhu mahalaxmi
kumari