stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेशनल लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष खर्ब नाघ्यो

मुनाफा ४१ करोड माथि

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोष खर्ब नाघेको छ । नेशनल लाइफको इतिहासमा पहिलो पटक एक खर्ब ५१ करोड ३७ लाख चार हजार ४६० रुपैयाँको शक्तिशाली जीवन बीमा कोष बनाउन सफल भएको हो । अघिल्लो बर्ष कम्पनीको जीवन बीमा कोषमा ८१ अर्ब रुपैयाँ संचिती रहेको थियो ।

योसँगै नेशनल लाइफ खर्ब क्लवमा प्रवेश गर्ने तेस्रो कम्पनी बन्न सफल भएको छ । यसअघि नेपाल लाइफ र एआईसी नेपालले जीवन बीमा कोष खर्बमाथि पुर्याइसकेका छन् ।

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा सामान्य अंकले बढेर ४१ करोड ६६ लाख पुगेको छ । अघिल्लो बर्ष ४० करोड रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीले चालु आवमा सामान्य बृद्धि गर्न सफल भएको छ ।

समीक्षा अवधीमा कम्पनीको खुद आय २१ अर्ब १२ करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आय १९ अर्ब रहेको थियो । त्यस्तै कम्पनीले समीक्षा अवधीमा २० अर्ब रुपैयाँ खर्च गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा केही बढी हो । गत आवमा कम्पनीले १८ अर्ब ३२ करोड रुपैयाँ खर्च गरेको थियो ।

prabhu mahalaxmi
kumari