stcnepal long ad
global ime bank long

सिटिजन लाइफ इन्स्योरेन्सले ३६ करोड नाफा आर्जन गर्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास साउनदेखि चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सो वित्तीय विवरण अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा कम्पनीले ३६ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधि साउन महिनादेखि चैतमसान्तसम्म कम्पनीले ३५ करोड ७६ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा २४ लाख रूपैयाँ अर्थात ०.६७ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म कम्पनीको शेयर प्रिमियममा ४४ करोड ९६ लाख रुपैयाँ, महाविपत्ति कोषमा २६ करोड ६३ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४७ करोड ९ लाख रुपैयाँ र अन्य इक्विटीमा ३७ करोड १२ लाख रुपैयाँ रहेको छ।

अघिल्लो वर्ष असार मसान्तसम्म शेयर प्रिमियममा ४४ करोड ९६ लाख रुपैयाँ, महाविपत्ति कोषमा २३ करोड ३ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब १५ करोड ५ लाख रुपैयाँ र अन्य इक्विटीमा ३६ करोड ८९ लाख रुपैयाँ रहेको थियो।

चालु वर्षको चैतसम्म कम्पनीको जीवन बीमा कोषमा २४ अर्ब ५५ करोड ८२ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा १८ अर्ब २ करोड १९ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ६ करोड ५३ लाख रूपैयाँ अर्थात ३६।२७ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म कम्पनीले ६ अर्ब २१ करोड ९८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो यही अवधिसम्म कम्पनीले ५ अर्ब ८ करोड २५ लाख रुपैयाँ मात्र कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन १ अर्ब १३ करोड ७३ लाख रूपैयाँ अर्थात २२.३८ प्रतिशतले बढेको छ।

कम्पनीले चालु वर्षको चैत मसान्तसम्म ५ अर्ब ९४ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ४ अर्ब ८१ करोड ६२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन एक अर्ब १२ करोड ७२ लाख रूपैयाँ अर्थात २३।४० प्रतिशतले बढेको छ।

शेयरपुँजी ५ अर्ब रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ९ईपीएस० बढेर ९.६० रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष सोही अवधिमा ईपीएस ९।५४ रुपैयाँ रहेको थियो। पीई रेसियो ४८.५४ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३१.१७ रुपैयाँ रहेको सो कम्पनीले जनाएको छ।

IME Lifesidebar
kumari