stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सानिमा जिआइसी इन्स्योरेन्सको वित्तीय विवरण सार्वजनिक

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (साउनदेखि चैत) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफा घटेको छ भने कुल बमिाशुल्क र खुद बीमा शुल्क आर्जन बढेको छ ।

२ अर्ब १५ रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको समीक्षा अवधिसम्ममा स्पेसल रिर्जभमा ७७ करोड ५२ लाख रुपैयाँ, महाविपत्ति कोषमा ४ करोड ८५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १९ करोड २७ लाख रुपैयाँ र अन्य इक्विटीमा १२ करोड ३८ लाख रुपैयाँ रहेको छ ।

अघिल्लो वर्षको असार मसान्तसम्म कम्पनीको स्पेसल रिर्जभमा ७४ करोड ९५ लाख रुपैयाँ, महाविपत्ति कोषमा ४ करोड ५९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १७ करोड २७ लाख रुपैयाँ र अन्य इक्विटीमा १४ करोड २७ लाख रुपैयाँ रहेको थियो ।

वित्तीय विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा ५ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को यही अवधिसम्म कम्पनीले २३ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनकिो नाफा ७८ प्रतिशतले घटेको हो ।

समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ९७ करोड २३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको चैतसम्म कम्पनीले १ अर्ब ६८ करोड ५६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन बढेको छ ।

कम्पनीले समीक्षा अवधिसम्म ५३ करोड ४३ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म कम्पनीले ४९ करोड ५२ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ७ दशमलव ८८ प्रतिशतले बढेको हो ।

चालु आर्थिक वर्षको चैतसम्म कम्पनीको सोल्भेन्सी रेसियो ५ दशमलव ८५ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको चैतसम्म कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ३ रुपैयाँ १९ पैसा कायम भएको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ५ पैसा रहेको छ ।

prabhu mahalaxmi
kumari