citizens life insurance long ad
stcnepal long ad

नेपाल इन्स्योरेन्सको मुनाफा २३ करोड

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालको सबैभन्दा पुरानो बीमा कम्पनी नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षमा कोरोना महामारीका बीचमा पनि बीमा व्यवसाय बृद्धि गर्न सफल भएको छ ।

सो कम्पनीले गत वर्ष खुद बीमा शुल्क आर्जन ५४ करोड १२ लाख ८० हजार रुपैयाँ गरेमा यस वर्ष १२ करोडले बृद्धि गर्दै ६५ करोड ३७ लाख ६७ हजार रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको छ ।

कम्पनीको कूल बीमा शुल्क आर्जन भने केही घटेको छ । अघिल्लो वर्ष एक अर्ब १७ करोड ८९ लाख ९२ हजार रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको कम्पनीले गत आवमा एक अर्ब १७ करोड ७४ लाख दुई हजार रुपैयाँ आम्दानी गरेको छ ।

नेपाल इन्स्योरेन्स कम्पनीले गत आवमा १७ करोड ८५ लाख २१ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । अघिल्लो आवमा कम्पनीले २२ करोड ८८ लाख ७० हजार रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो ।

गत आवमा लकडाउनका कारण करिब पाँच करोड रुपैयाँ दावी भुक्तानी घटेको हो ।

कम्पनीको दावी भुक्तानी घटेसँगै मुनाफामा बृृद्धि भएको छ । अघिल्लो आ.व.मा २१ करोड चार लाख ८१ हजार रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीले गत आ.व.मा २३ करोड ६५ लाख दुई हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले अभिकर्तालाई दुई करोड २४ लाख आठ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको लगानी तथा अन्य आम्दानी बापतको रकम भने घटेको छ । अघिल्लो वर्ष आठ करोड भन्दा बढि रहेको यस्तो आय यस वर्ष छ करोड ८३ लाख २३ हजारमा सीमित भएको छ ।

वित्तीय विवरणमा अनुसार कम्पनीले १० करोड ५० हजार रुपैयाँ नेपाल सरकारलाई आयकर बुझाएको छ । अघिल्लो वर्ष कम्पनीले आठ करोड १९ लाख ९७ हजार रुपैयाँ कर बुझाएको थियो ।

कम्पनीको बीमा कोष र जगेडा कोषमा जम्मा ८१ करोड २९ लाख ७४ हजार रुपैयाँ जम्मा छ । अघिल्लो वर्ष ६५ करोड २९ लाख चार रहेको रहेको कोषमा यस वर्ष उल्लेख्य रुपमा बृद्धि गर्न सफल भएको हो । यद्यपि कम्पनीले महाविपत्त जगेडा कोषमा रकम व्यवस्था गरेको वित्तीय विवरणमा देखाएको छैन ।

IME Life
kumari