citizens life insurance long ad
stcnepal long ad

नेपाल वायुसेवा निगममा पाँच सञ्चालक सदस्यका लागि आवेदन माग

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगममा रिक्त पाँच सञ्चालक समिति सदस्य पदका लागि सूचना आव्हान गरेको छ ।

मन्त्रालयले यही वैशाख १२ गते नेपाल वायुसेवा निगममा रिक्त चार जना सञ्चालक समिति सदस्य नियुक्तका लागि गोरखापत्र राष्ट्रिय दैनिकमा सूचना प्रकाशन गरेको थियो ।

सो सूचना अनुसार दरखास्त संकलन गरिरहेकै बेला यही वैशाख १९ गते जारी सार्वजनिक पदाधिकारीको  पदमुक्ति  सम्बन्धी  विशेष  व्यवस्था अध्यादेश, २०८३  बमोजिम  बाँकी  एक जना सञ्चालक समिति सदस्य पनि  स्वतः पदमुक्त  भएकाले रिक्त सदस्य सङ्ख्या पाँच कायम गरिएको छ ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता जयनारायण आचार्यका अनुसार उक्त रिक्त पदसमेत थप गरी सोही विज्ञापनका आधार कायम रहने गरी नियुक्त गर्नुपर्ने सञ्चालक समिति सदस्यको सङ्ख्या पाँच कायम गरिएको हो ।

IME Life
kumari