stcnepal long ad
global ime bank long

सेबोनको अध्यक्षका लागि २७ जनाको आवेदन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आज बैशाख २१ गते दिउँसोसम्म नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा २७ जनाले आवेदन दिएका छन् । आज साँझ ५ बजेसम्म सचिवालयमा आवेदन दिन सकिने व्यवस्था गरिएको थियो ।

सेबोनको अध्यक्ष पदका लागि आवेदन दिनेहरुमा सेबोनका कार्यकारी निर्देशक विनयदेव आचार्य, पूर्व कार्यकारी निर्देशक डा. नवराज अधिकारी, पुरुषोत्तमराज चिमोरिया, पूर्व मर्चेन्ट बैंकर झवेन्द्र खत्री, पूर्व मर्चेन्ट बैंकर विनोद आचार्य लगायतकाले आवेदन दिएको समाचार स्रोतको दाबी छ ।

मन्त्रीपरिषदको गत वैशाख ८ गते बसेको बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि ३ सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिमा अर्थ सचिव घनश्याम उपाध्याय र पूर्व बैंकर भुवन कुमार दाहाल सदस्य रहेका छन् ।

आजसम्मको प्राप्त आवेदनबाट समितिले नयाँ अध्यक्षका लागि ५ जनाको नाम सिफारिस गर्नेछ । ती ५ जना मध्येबाट मन्त्रीपरिषद बैठकले एक जना बोर्ड अध्यक्ष चयन गर्ने छ । को बन्छ होला त धितोपत्र बोर्ड अध्यक्ष ? सबै लगानीकर्ताहरूमा चासो र कौतुहलता छ।

IME Lifesidebar
kumari