stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

रास्वपा सचिवालय बैठक आज बस्दै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बिहान ११ बजे बस्दैछ। पार्टी सभापति रवि लामिछानेले समसामयिक राजनीतिक परिस्थिति, आगामी स्थानीय तहको निर्वाचन र पार्टीको सांगठनिक सुदृढीकरणका विषयमा छलफल गर्न वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बैठक बोलाएका हुन् ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार आजको बैठकमा विशेषगरी आगामी स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा र आगामी २०८३ सालमा हुने पार्टीको महाधिवेशन कार्यविधिबारे विस्तृत छलफल हुने कार्यसूची रहेको छ।

त्यसैगरी, बैठकमा संसदीय दलको विधान संशोधन गर्ने तयारी र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि विचार विमर्श हुने प्रवक्ता झाले जानकारी दिए ।

रास्वपाले पछिल्लो समय आफ्नो साङ्गठनिक संरचनालाई व्यवस्थित बनाउन र आगामी निर्वाचनका लागि रणनीतिक तयारीलाई तीव्र पार्न सचिवालय तहमा छलफल केन्द्रित गर्दै आएको छ।

prabhu mahalaxmi
kumari