stcnepal long ad
global ime bank long

नेशनल लाईफ इन्स्योरेन्सद्वारा नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यका साथ आफ्ना अभिकर्ताहरूका लागि २ रात ३ दिनको मनोरञ्जनात्मक ‘नारायणी क्रुज सफारी’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

चितवनको सौराहस्थित होटल सेभेन स्टारमा आयोजित यस कार्यक्रममा देशैभरिबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल ३५४ जना वरिष्ठ अभिकर्ताहरूको सहभागिता रहेको थियो।

कम्पनीले ‘संस्कृति, सौहार्द र सयरको संगम’ भन्ने नाराका साथ २०८२ फाल्गुण र चैत्र महिनामा सञ्चालन गरेको मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्ने अभिकर्ताहरूलाई यो वैदेशिक स्तरको भ्रमणको अवसर प्रदान गरेको हो।

कार्यक्रममा कम्पनीका एजेन्सी विभाग प्रमुख तथा विभिन्न शाखाका प्रमुखहरूको समेत उपस्थिति रहेको थियो। मनोरञ्जनलाई विशेष प्राथमिकता दिइएको यस कार्यक्रममा इन्द्रेणी ग्रुपका सञ्चालक तथा चर्चित कलाकारहरूले उत्कृष्ट लोक दोहोरी र नृत्यहरू प्रस्तुत गरेका थिए।

नेपालको एक मात्र क्रुजमा यात्रा गर्ने अवसर पाएकोमा खुशी व्यक्त गर्दै सहभागी अभिकर्ताहरूले यस्ता कार्यक्रमले मनोरञ्जनका साथै आफ्नो वृत्ति विकासमा समेत ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

IME Lifesidebar
kumari