stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल लाइफ इन्स्योरेन्सको व्यतित बीमालेख नवीकरणमा १००%सम्म छुट

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रजत जयन्तीको अवसरमा ल्याएको विशेष बीमा पुनर्जागरण योजनामा थप छुटको व्यवस्था गरेको छ।

कम्पनीले बीमितहरूको मागलाई मध्यनजर गर्दै वैशाख १७ गतेदेखि योजना परिमार्जन गरी बाँकी अवधि जेठ ५ गतेसम्म लागू हुने जनाएको हो।

यसअघि १८० दिनभन्दा बढी समयदेखि व्यतित बीमालेखलाई नवीकरण गर्दा बिलम्ब शुल्कमा छुट दिने व्यवस्था गरिएको थियो। अब भने ५ वर्षभन्दा बढी समयदेखि निष्क्रिय रहेका बीमालेखहरूमा पनि थप छुट प्रदान गरिएको छ।

विभिन्न बीमा योजनामा ५ वर्षसम्म व्यतित बीमालेख नविकरण गर्दा बिलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिइनेछ भने केही अन्य योजनाहरूमा सोही अवधिमा ५० प्रतिशत छुट लागू हुनेछ। साथै ५ वर्षभन्दा बढी समयदेखि व्यतित बीमालेखहरूमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले छुट सुविधा लिएका बीमालेखहरू निश्चित अवधिभित्र समर्पण ९सरेण्डर० गरेमा दिइएको छुट रकम कट्टा गरिने जनाएको छ। १०० प्रतिशत छुट पाएका बीमालेख ३ वर्षभित्र र ५० तथा २५ प्रतिशत छुट पाएका बीमालेख २ वर्षभित्र समर्पण गरेमा सो सुविधा फिर्ता हुने व्यवस्था गरिएको हो।

योजना अन्तर्गत छुट प्राप्त गर्न बीमालेख कम्तीमा १८० दिन व्यतित भएको हुनु पर्नेछ र पुनर्जागरण मितिदेखि बीमा समाप्ति मितिसम्म कम्तीमा १ वर्ष बाँकी हुनु पर्नेछ। साथै एकपटक छुट लिइसकेपछि सोही बीमालेखमा पुनः यस्तो सुविधा नदिइने पनि कम्पनीले जनाएको छ।

prabhu mahalaxmi
kumari