stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

मेन्छियाम हाइड्रोपावरले १००% हकप्रद शेयर ल्याउने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मेन्छियाम हाइड्रोपावरले विशेष साधारण सभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले यही वैशाख २० गते विशेष साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो। साधारण सभा काठमाडौंको महाराजगन्जस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान साढे ९ बजेबाट सुरु हुनेछ।

साधारण सभाले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। हकप्रद शेयर बिक्रीबाट प्राप्त रकमको उपयोगका सम्बन्धमा सञ्चालक समिति गरेको निर्णय सम्बन्धी प्रस्ताव पनि साधारण सभाले अनुमोदन गर्नेछ।

साधारण सभाले पारित प्रस्तावहरु स्वीकृतिका लागि पेस गरिँदा नियमनकारी निकायहरुबाट कुनै संशोधन वा परिवर्तन गर्न निर्देशन भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।

prabhu mahalaxmi
kumari