citizens life insurance long ad
stcnepal long ad

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १० प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा रूपान्तरण हुँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थापक समूह अन्तर्गतको १० प्रतिशत शेयर सर्वसाधारण समूहमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ।

हाल कम्पनीको शेयर स्वामित्व संरचनामा संस्थापक शेयरधनीहरूको हिस्सा ८४.६७ प्रतिशत र सर्वसाधारण शेयरधनीहरूको हिस्सा १५.३३ प्रतिशत रहेको छ। प्रचलित व्यवस्था अनुसार संस्थापकको हिस्सा कम्तीमा ५१ प्रतिशत कायम रहने गरी बाँकी शेयर सर्वसाधारणमा परिवर्तन गर्न सकिने प्रावधान रहेको छ।

सोही प्रावधानअनुसार गत चैत १९ गते सम्पन्न विशेष साधारण सभाले कुल संस्थापक शेयरमध्ये १० प्रतिशत शेयर सर्वसाधारणमा रूपान्तरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको कम्पनीले जनाएको छ।

यस प्रक्रिया पूरा भएपछि कम्पनीको शेयर संरचना परिवर्तन भई संस्थापक समूहको हिस्सा ७६.२० प्रतिशतमा झर्नेछ भने सर्वसाधारण समूहको हिस्सा २३.८० प्रतिशत पुग्नेछ। यसका लागि नेपाल बीमा प्राधिकरणबाट आवश्यक स्वीकृति प्राप्त भइसकेको पनि कम्पनीले स्पष्ट पारेको छ।

कम्पनीले यदि कुनै संस्थापक शेयरधनी आफ्नो शेयर सर्वसाधारण समूहमा रूपान्तरण गर्न इच्छुक नरहेको भए सूचना प्रकाशित मिति ९चैत २७ गते० ले ७ दिनभित्र कम्पनीको प्रधान कार्यालयमा लिखित निवेदन दिन अनुरोध गरेको छ।

उक्त समयभित्र कुनै निवेदन नआएमा सम्बन्धित सबै शेयरधनीको सहमति रहेको मानी रूपान्तरण प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ।

IME Life
kumari