stcnepal long ad
nabil bank
macchha(MBL)

हाजिर जमानीमा छुटेपछि ओलीले भने: मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततस् म रिहा भएँ

Nimb long ad
Prabhu Insurance Long Ad

नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाइ १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि आज आफू रिहा भएको बताएका छन् ।

उनले प्रहरी नियन्त्रणमा रहँदा आफूप्रति मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन र स्वास्थ्योपचारमा तल्लीन त्रिवि शिक्षण अस्पताल परिवारप्रति धन्यवाद दिएका छन् ।

उनले भनेका छन्, ‘मेरो रिहाइको माग गर्नेहरूमाथि चर्को दमन गरी घाइते बनाएका सबै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

उहाँहरूको उपचार खर्च राज्यले बेहोर्नु पर्दछ, यसमा राज्य उदासीन भए पार्टीले उपचार खर्च बेहोर्ने जानकारी गराउँछु।’ प्रतिकूल स्वास्थ्य अवस्थाका कारण केही दिन अस्पतालमै रहेर उपचार गराउने जानकारी गराएका छन्।

prabhu mahalaxmi
kumari