stcnepal long ad
nabil bank
macchha(MBL)

फिस टेल लज पोखरा र अन्नपुर्ण जगतपुर लज प्रा.लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

Nimb long ad
Prabhu Insurance Long Ad

लेक्स।इड पोखरा स्थित फिस टेल लज पोखरा र अन्नपुर्ण जगतपुर लज प्रा.लि र प्रभु बैँक लिमिटेड बीच विशेष छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

मिति २०८२/१२/२५ गतेका दिन प्रभु बैँकका तर्फबाट चिफ मार्केटीङ अफिसर दिपेन्द्र बाबु बिष्ट र लेक्साइड पोखरा स्थित फिस टेल लज पोखरा तथा अन्नपुर्ण जगतपुर लज प्रा.लि तर्फबाट बिक्री तथा मार्केटीङ क्लस्टर निर्देशक सनीस महर्जनबाट सम्झौतापत्रमा हस्ताक्षर गरि एक अर्कालाई सम्झौता पत्र हस्तान्तरण गरियो ।

लेक्साइड पोखरा स्थित फिस टेल लज पोखरा र अन्नपुर्ण जगतपुर लज प्रा.लि प्रभु बैँक लिमिटेड का ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुबिधा लिए बापत बिशेष छुट पाउने छन् ।

सम्झौता अनुसार प्रभु बैँक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले लजका सेवा तथा सुबिधा प्राप्त गर्नको निमित्त बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतिय प्रणाली द्धारा विल भुक्तानी गर्नुपर्ने छ ।

लेक्साइड पोखरा स्थित फिस टेल लज पोखरा र अन्नपुर्ण जगतपुर लज प्रा.लि मार्फत उपलब्ध आवास तर्फ  विशेष  सस्थागत छुट साथै खाना तथा पेय पदार्थमा १०%–१५% छुट प्राप्त गर्न सक्नेछन ।

यस बैंकका नेपालभर रहेका ३१२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३६ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रदान गरिरहेको प्रभु बैंकले गुणस्तरीय सेवा प्रवाह गर्दै अघि बढिरहेको छ ।

prabhu mahalaxmi
kumari