stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

उद्योग वाणिज्य महासंघको सबै प्रदेशमा निर्वाचन सम्पन्न, कुन प्रदेशबाट को अध्यक्ष ?

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको सबै प्रदेशको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनबाट सबै प्रदेशले पदाधिकारी पाएको छ ।

निर्वाचनबाट बागमती प्रदेशको अध्यक्षमा बेदबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । प्रदेश कमिटीको नवौँ प्रदेश सभाअन्तर्गत मंगलबार भएको निर्वाचनमार्फत उनी अध्यक्ष निर्वाचित भएका हुन्

अध्यक्ष निर्वाचित श्रेष्ठ सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन् । निर्वाचनबाट कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित भएका छन् ।

यस्तै मधेश प्रदेशको अध्यक्षमा बिजय कुमार शाह निर्वाचत भएका छन्् भने गण्डकी प्रदेशको अध्यक्षमा नरेश कडेल निर्वाचित भएका छन् ।

निर्वाचनमा लुम्बिनी प्रदेशको अध्यक्षमा ठाकुर कुमार श्रेष्ठ, कर्णाली प्रदेशको अध्यक्षमा धन बहादुर रावत र सुदुर पश्चिम प्रदेशको अध्यक्षमा पुष्पराज कुँबर निर्वाचित भएका छन् ।

prabhu mahalaxmi
kumari