६ देशका राजदुत फिर्ता बोलाउन पत्र पठाइयो
काठमाडौं । बालेन्द्र शाह सरकारले राजनीतिक कोटामा नियुक्त भएका ६ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सरकारले ६ राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको बताएका छन ।
अघिल्लो केपी शर्मा ओली सरकारले राजनीतिक ‘कोटा’मा नियुक्त गरेका भारतका राजदुत डा. शंकर शर्मा, अष्ट्रेलियाकि राजदुत चित्रलेखा यादव, डेनमार्कका राजदुत सुम्निमा तुलाधर, दक्षिण कोरियाका राजदुत डा. शिवमाया तुम्बाहाम्फे, दक्षिण अफ्रिकाका डा. कपिलमान श्रेष्ठ र श्रीलंकाका राजदुत पुर्ण बहादुर नेपालीलाई फिर्ता बोलाउने भएको छ ।
ओली सरकारका पालमा राजनीतिक कोटामा नेपाली कांग्रेसको तर्फबाट अष्ट्रेलियामा चित्रलेखा यादव, भारतमा डा। शंकर शर्मा,दक्षिण अफ्रिकामा डा। कपिलमान श्रेष्ठ,एमालेको कोटाबाट डेनमार्कमा सुम्निमा तुलाधार, दक्षिण कोरियामा शिवमाया तुम्बाहाङ्फे र श्रीलंकामा पूर्णबहादुर नेपालीलाई नियुक्त गरिएको थियो।
गत चैत्र २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक कोटामा नियुक्त गरिएका यी ६ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा परराष्ट्र मन्त्रालयले उनीहरूलाई एक महिनाभित्र फर्कन भन्दै चैत २३ गते पत्र पठाएको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।


























