stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्राइम बैंक कमर्सियलका सात शाखा कार्यालय बन्द हुने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। प्राइम कमर्सियल बैंकले भरतपुर, काठमाडौं र पोखरा महानगरपालिकाभित्रका सात शाखा कार्यालय बन्द गरेको छ । बैंकले २०८३ जेठ १९ गतेदेखि नजिकका शाखा मर्ज गरी सात शाखा बन्द गर्ने लागेको हो ।

बैंकका अनुसार भरतपुर महानगरको हाकिमचोक शाखा मर्जरपश्चात् भरतपुर शाखाबाट सेवा उपलब्ध हुनेछ। काठमाडौं महानगरको सुनधारा शाखा मर्जरपश्चात् न्यूरोड शाखा, बाङ्गेमुढा शाखा मर्जरपश्चात् असन शाखा र गौशाला शाखा मर्जरपश्चात् पुरानोबानेश्वर शाखाबाट बैंकिङ सेवा सुरु हुनेछ।

पोखरा महानगरपालिकामा भने बि पी चोक शाखा मर्जरपश्चात् न्युरोड पोखरा, बगर शाखा मर्जरपश्चात् न्यूरोड पोखरा र बुडीबजार शाखा मर्जरपश्चात् तालचोक शाखाबाट बैंकिङ सेवा उपलब्ध हुने बैंकले जनाएको छ।

prabhu mahalaxmi
kumari