सुरक्षा नीतिमा पुनरविचार गराैं
काठमाडौ । समृद्ध नेपाल सुखी नेपालीको कार्यभार पुरा गर्न मूलुकले तपशीलका राष्ट्रिय नीति अनुसरण गर्नु पर्छ ।
(क) सुरक्षा नीति,
(ख) आर्थिक नीति ,
(ग) शिक्षा नीति ,
(घ) खाध्य संप्रभुता नीति,
(ङ) रोजगार नीति ,
(च) भाषा नीति संवन्धमा,
(छ) जलस्रोत नीति ।
(क) सुरक्षा नीति संवन्धमा :-
भारतसँग सेनाको मानार्थ प्रधान सेनापति आदान प्रदानको कुत्सित नेपाल राष्ट्र हित बिपरितको संझाैता अविलम्ब खारेज गरी स्वतन्त्र सार्वभाैम राष्ट्रिय सुरक्षा नीतिको अंगिकार गर्नु ,
(ख) आर्थिक नीति संवन्धमा:-
आत्म निर्भर अर्थतन्त्रको विकास गरी राष्ट्रिय पुंजीको विकास गर्न राष्ट्रिय औधोगिक नीति ,
(ग) शिक्षा नीति संवन्धमा :-शिक्षा सम्वन्धमा सबै नेपालीलाई सबै तहको समान ब्यवहारिक ,वैज्ञानिक सिपमुलक माैलिक निशुल्क शिक्षा नीति ,
(घ) खाध्य नीति संवन्धमा: –
भोक विरुद्ध खाध्य सम्वन्धमा सबै नेपाली ले स्वस्थ खाना पेटभरी खान पाउने ,कोही पनि भोकै बस्न नपर्ने खाध्य सम्प्रभुता नीति ,
(ङ) रोजगार नीति संवन्धमा: –
सबै तहको बेरोजगारी अन्त्य गर्न राज्य तह र स्वरोजगारको ग्यारेन्टी संवन्धको राष्ट्रिय रोजगार नीति , (च)भाषा नीति तय सम्वन्धमा:- राष्ट्रभाषा नेपाली र मातृभाषाहरु बीच नङ मासुको जस्तो समन्यात्मक विकासकाे उचित सम्वाेधनको नीति।























