stcnepal long ad
global ime bank long

हुण्डाई नेपालद्वारा नयाँ वर्ष २०८३ को अवसरमा “हुण्डाईसँग शुभ यात्रा” अफर सार्वजनिक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै “हुण्डाईसँग शुभ यात्रा २०८३” नामक विशेष योजना ल्याएको छ।

यस अफर अन्तर्गत नयाँ गाडी खरिद गर्न चाहने ग्राहकहरूले विभिन्न आकर्षक सुविधाहरू र छुटहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। नयाँ वर्षको सुरुवातलाई अझै उत्साहजनक बनाउन कम्पनीले यो योजना अघि सारेको हो।

यस विशेष योजना अन्तर्गत ग्राहकहरूले हुण्डाईका निश्चित मोडेलहरूमा रु. १,७५,००० सम्मको नगद छुट र रु. ९६,००० सम्मको नयाँ वर्ष बोनस प्राप्त गर्न सक्नेछन्। नगद छुटका अतिरिक्त, एक वर्षको निःशुल्क बीमा र सवारी करको सुविधा समेत उपलब्ध गराइने छ। साथै, पुरानो गाडी साट्न चाहनेहरूका लागि मूल्याङ्कन सहितको एक्सचेन्ज सुविधा पनि राखिएको छ, जसले ग्राहकहरूलाई नयाँ गाडी खरिद गर्न थप सहज बनाउने देखिन्छ।

बिक्रीपछिको सेवालाई प्राथमिकता दिँदै हुण्डाईले आफ्ना ग्राहकहरूलाई ६ वर्षसम्मको निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टी प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

कम्पनीले विगत दुई वर्षदेखि नेपालमै Creta र Venue जस्ता लोकप्रिय मोडेलहरू एसेम्बल गर्दै आएको छ, जसमा ५ अर्ब रुपैयाँभन्दा बढीको लगानी र स्थानीय दक्ष जनशक्तिको प्रयोग गरिएको छ। यो पहलले देशको औद्योगिक विकास र सीप प्रवर्द्धनमा समेत ठूलो योगदान पुर्‍याइरहेको छ।

IME Lifesidebar
kumari