stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

माछापुच्छ्रे क्यापिटल लिमिटेड र नेपाल सेरामिक इण्डष्ट्री लिमिटेडबीच सम्झौता

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड र नेपाल सेरामिक इण्डष्ट्री लिमिटेडबीच कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने सम्बन्धमा निष्काशन तथा बिक्री प्रबन्ध सेवा प्रदान गर्न आइतबार सम्झौता भएको छ।

सम्झौताअनुसार नेपाल सेरामिक इण्डष्ट्री लिमिटेडले सर्वसाधारणका लागि ३० लाख कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्नेछ । उक्त आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा माछापुच्छ्रे क्यापिटल लिमिटेड नियुक्त गरिएको हो ।

सम्झौता समारोहमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र निष्काशनकर्ता कम्पनी नेपाल सेरामिक इण्डष्ट्री लिमिटेडका अध्यक्ष शम्भुनाथ झाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

prabhu mahalaxmi
kumari