citizens life insurance long ad
stcnepal long ad

नबिल बैंकको अग्राधिकार शेयर सोमबारबाट कारोबारमा आउने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल बैंकको अग्राधिकार शेयर भोलि सोमबारबाट दोस्रो बजारमा कारोबार आउने भएको छ। गत मंसिर ५ गते नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नबिल बैंकलाई ५ अर्ब रुपैयाँबराबरको अग्राधिकार शेयर ल्याउन अनुमति दिएको थियो।

त्यसपछि नबिल बैंकले ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ पुस २ गते संस्थागत लगानीकर्तालाई बाँडफाँट गरेको थियो।

नबिल बैंकको यो अग्राधिकार शेयर आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। अब नबिल बैंकको अग्राधिकार शेयर पनि भोलि सोमबारबाट कारोबारमा आउनेछ।

यो शेयर संस्थागत लगानीकर्ताबीच मात्र किनबेच हुनेछ। किनकि सर्वसाधारण लगानीकर्ता, धितोपत्र बोर्डबाट अनुमति प्राप्त धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी, मर्चेन्ट बैंक/लगायत) र सामूहिक लगानी कोषले यो अग्राधिकार शेयर खरिदबिक्री गर्न नपाउने व्यवस्था रहेको छ। नबिल बैंकको यो अग्राधिकार शेयरमा संस्थागत लगानीकर्ताले नाफा भएको वर्ष मात्र ८ प्रतिशत लाभांश पाउनेछन्।

IME Life
kumari