stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

केही समय अवरुद्ध भएको नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौं । नेपाल टेलिकम (एनटीसी) को मोबाइल डाटा र एफटीटीएच इन्टरनेटमा केही समय अवरुद्ध भइ पुनः सञ्चालन भएको छ ।

आइतबार (चैत्र १५गते) दिउँसो केही समय सेवा अवरुद्ध भई पुनः सञ्चालनमा आएको भन्दै अवरोधबाट हुन गएको असुविधाप्रति टेलिकमले प्रेस विज्ञप्ति मार्फत क्षमा मागेको छ ।

इन्टरनेटको लागि जावलाखेलस्थित प्रयोगमा रहेको कोर राउटरहरूमा प्राविधिक समस्या उत्पन्न भई डाउन भएको कारण यो समस्या आएको टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरले जानकारी दिएका छन् ।

“काठमाडौं उपत्यकालगायत केही स्थानहरूमा नेपाल टेलिकमको मोबाइल डाटा र एफटीटीएच इन्टरनेटमा अवरोध उत्पन्न भएको कारण ग्राहक वर्गमा पर्न गएको असुविधा प्रति कम्पनी क्षमाप्रार्थी छ,” जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

हाल यससम्बन्धी विशेषज्ञहरूबाट सो समस्या समाधान भई सेवा समेत सुचारु भइसकेको जानकारी गराउँदछौँ । आगामी दिनमा यस्ता समस्या नदोहोरिने र अझै उत्कृष्ट सेवा प्रदान गर्ने टेलिकमले प्रतिबद्धता व्यक्त गरेको छ ।

prabhu mahalaxmi
kumari