stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

पाल्पा उद्योग वाणिज्य संघको अध्यक्षमा सिंह निर्वाचित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

पाल्पा । पाल्पा उद्योग वाणिज्य संघको अध्यक्षमा समीरमान सिंह निर्वाचित भएका छन् । शनिबार ९चैत १४० भएको निर्वाचनमा ५७९ मत प्राप्त गर्दै सिंह अध्यक्षमा विजयी भएका हुन् । उनी यसअघि संघका महासचिव थिए ।

उनका प्रतिस्पर्धी एवं निवर्तमान अध्यक्ष शैलेन्द्र भट्टराईले ५११ मत प्राप्त गरेका निर्वाचन अधिकृत टंक पन्थले जानकारी दिए । संघको निर्वाचनमा कुल एक हजार ११२ मत खसेको थियो । २२ मत बदर भएको थियो ।

संघको वाणिज्य उपाध्यक्षमा  ५३१ मतसहित रञ्जना अर्याल विजयी भइन् । उनका प्रतिस्पर्धी सुरेन्द्र कर्माचार्यले  ३३६ मत प्राप्त गरे । उद्योग  उपाध्यक्षमा  मुक्तिराम जिसी निर्विरोध निर्वाचित भएका थिए ।

संघका सदस्यमा कमलप्रसाद पाण्डे, जीवन पाण्डे, विदुर घिमिरे, सुरेश गोदार, मोहनबहादुर कुँवर, सविन मल्ल, नारायण पछाई, नारायण न्यौपाने, विनोद नेपाल र विश्व केसी निर्वाचित भए ।

संघका महासचिव, सचिव र कोषाध्यक्षमा भने निर्वाचित सदस्यमध्येबाट कार्यसमितिले चयन गर्ने व्यवस्था छ ।

संघको कार्यसमितिको पदावधि तीन वर्षको हुने व्यवस्था छ । संघ पाल्पा जिल्लाका उद्योगी, व्यापारीको छाता संगठन हो ।

prabhu mahalaxmi
kumari