stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

वर्तमान सरकारसँग निजी क्षेत्र उत्साहित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको वर्तमान दुई तिहाइ उन्मुख बालेन्द्र शाह सरकारप्रति निजी क्षेत्र उत्साहित भएको छ। छरितो सानो सरकार र केही गरौ भन्ने भावना भएका सांसद,मन्त्री र प्रधानमन्त्री प्रति निजी क्षेत्र निकै आशावादी देखिएका छन।

चैत्र १२ गते प्रतिनिधि सभा सदस्यहरूले पद तथा गोपनियताको सपथ खाए। नयाँ संसद भवनमा युवा जनप्रतिनिधिको बाहुल्यता थियो। ती जनप्रतिनिधिहरूलाई देख्न,भेटन र उनीहरूको देश बनाउने भिजन सुन्न र आम जनता समक्ष पुरयाउन पत्रकारहरूको अत्यन्तै ठुलो भिड जम्मा भएको थियो। जनप्रतिनिधिहरू आफ्नो जातिय र क्षेत्रिय भेषभुषा लगाएर त्यहाँ उपस्थित थिए।

केही सांसदहरूले आफ्नो मातृ भाषामा सपथ पनि लिए। त्यसै दिन रास्वपाको केन्द्रीय कार्यसमिति बैठकमा सभापति रवी लामिछानेले वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउने प्रस्ताव राखि सर्वसम्मत रूपमा पारित गर्यो। त्यस लगत्तै केन्द्रीय कार्यालयमा बसेको रास्वपा संसदीय दलको बैठकमा बालेन्द्र शाहलाई दलको नेता चउन गरेको थियो।

चैत्र १३ गते बिहान राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६(१) अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दल रास्वपाका संसदीय दलका नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। उनले १४ सदस्यीय मन्त्रीमण्डल त्यसै दिन घोषणा गरि सपथ गराएका थिए। बालेन्द्र शाहले त्यसैदिन १२ः३४ बजे राष्ट्रपति भवन शितल निवासमा १०७ बटुक,१०८ लामा गुरु र ७ जना बाम्ह्रणबाट शान्ति स्वस्ती,मंगलधुन र पुजापाठ गरि सपथ लिएका थिए।

सोही दिन अपरान्ह सिंहदरबारमागई पदभारग्रहण गरि चार वटा महत्वपुर्ण निर्णय गर्नुको साथै सय बुँदे शासकीय सुधारको कार्ययोजना बनाउन लगाएर पारित गराएका थिए। उनले कर्मचारी प्रशासनलाई निर्देशन दिदै छिटोछरितो र पारदर्शी सेवा दिन,सुशासन र तिव्र विकास कायम गर्न आग्रह गरेका थिए। साथै काम नगर्ने हो भने कर्मचारीहरूले राजिनामा दिएर जान पनि चेतावनी दिएका थिए।

प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्त भएकोमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिइसक्नु भएको छ।

साथै उहाँको कार्यकालमा मुलुकले राजनीतिक तथा नीतिगत स्थिरता हासिल गर्दै लगानीमैत्री नीतिहरूको प्रवर्द्धन, आर्थिक पुनरुत्थान र दिगो आर्थिक विकासमा थप गति लिने विश्वास व्यक्त गर्नु भएको छ। साथै, समग्र अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको निजी क्षेत्रसँग सहकार्य गर्दै समृद्धिको यात्रालाई अगाडि बढाइनेछ भन्नेमा विश्वस्त छु भन्नु भएको छ । नव–नियुक्त मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरूलाई हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्नु भएको छ।

मन्त्रिपरिषद् बैठकद्वारा स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीले मुलुकको शासन प्रणालीलाई परिणाममुखी, पारदर्शी र उत्तरदायी बनाउँदै निजी क्षेत्रसँगको सहकार्यमा लगानीमैत्री वातावरण निर्माण, रोजगारी तथा राजस्व वृद्धि गर्दै मुलुकलाई आर्थिक विकास र समृद्धिको बाटोमा अगाडि बढाउन महत्वपूर्ण आधार तयार गरेको उद्योग व्यवसायीहरूले महसुस गरेका छन।

विशेषगरी सेवा प्रवाहलाई डिजिटल, सहज र समयबद्ध बनाउने, प्रशासनिक सुधार, भ्रष्टाचार नियन्त्रण, लगानीमैत्री वातावरण निर्माण, निजी क्षेत्रको संरक्षण तथा प्रवर्द्धन, तथा उद्यमशीलता विकासजस्ता विषयहरू समेटिनु सकारात्मक रहेको छ।

नेपाल उद्योग वाणिज्य महासंघले उठाएका धेरै विषयहरू यस कार्यसूचीमा समावेश हुनु थप उत्साहजनक रहेको छ। त्यही भएर यस सुधार एजेण्डालाई उद्योगी व्यवसायीहरूले स्वागत गरेका छन। साथै यसको प्रभावकारी कार्यान्वयनबाट आर्थिक पुनरुत्थान, रोजगारी सिर्जना र दिगो विकासमा ठोस योगदान पुग्ने विश्वास लिएका छन।

यस ऐतिहासिक पहललाई सफल बनाउन सरकार र निजी क्षेत्रबीच अझ सशक्त सहकार्य अपरिहार्य छ। त्यसका लागि उद्यमी व्यवसायीहरू पूर्ण रूपमा प्रतिबद्ध रहेका छन।

सरकारले नेपाल उद्योग वाणिज्य महासंघले लामो समयदेखि उठाउँदै आएको निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन रणनीति पारित गरेकोमा महासंघका अध्यक्ष ढकालले हार्दिक धन्यवाद व्यक्त गरेका छन यो निर्णय निजी क्षेत्रका लागि अत्यन्त महत्वपूर्ण उपलब्धि हो उनले भनेका छन।

यसबीचमा महासंघका अध्यक्ष ढकालले तात्कालिक प्रधानमन्त्री सुशीला कार्कीज्यूसँग प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गरेर स्वतन्त्र, निष्पक्ष र विश्वसनीय ढङ्गले निर्वाचन सम्पन्न गराएको तथा चुनावी सरकारलाई सुम्पिएको महत्वपूर्ण राष्ट्रिय जिम्मेवारी सफलतापूर्वक पूरा गरेकोमा निजी क्षेत्रको तर्फबाट धेरै धेरै बधाई तथा धन्यवाद व्यक्त गरेँका थिए।

कार्कीले पनि निर्वाचन सम्पन्न गर्ने क्रममा नेपाल उद्योग वाणिज्य महासंघले पुर्‍याएको रचनात्मक सहयोगको प्रशंसा गरेकी थिइन।

भेटका क्रममा सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै अर्थतन्त्रलाई गतिशील बनाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने तथा समृद्ध नेपालको यात्रालाई तीव्र बनाउने विषयमा साझा प्रतिबद्धता व्यक्त गरिएको थियो।

यस रणनीतिले निजी क्षेत्रको सुरक्षा सुदृढ गर्ने, मनोबल उच्च बनाउने तथा व्यवसाय सञ्चालनका लागि अनुकूल वातावरण निर्माण गर्नेमा विश्वासको बाताबरण बनाएको थियो।

यसको प्रभावकारी कार्यान्वयनले निजी क्षेत्रका विद्यमान चुनौतीहरू समाधान गर्दै लगानीमैत्री वातावरण प्रवर्द्धन गर्न र उद्यमशीलतालाई थप ऊर्जा दिन महत्वपूर्ण भूमिका खेल्नेछ।

यसको प्रभावकारी कार्यान्वयनबाट व्यवसायप्रति सकारात्मक दृष्टिकोण विकास गर्दै लगानी वृद्धि, रोजगारी सृजना र समग्र आर्थिक समृद्धिमा टेवा पुर्‍याउनेछ।

जनताले यस पटकको मतदान मार्फत देशको राजनीतिक,प्रशासनिक,भौतिक पुर्वाधार विकास,स्थिरता र आर्थिक विकासमा आमूल सुधार र परिवर्तन खोजेको खसेको मत र रास्वपाले प्राप्त गरेको मत परिणामले पुष्टि गरेको छ। मत भनेको केवल अधिकार मात्र होइन, देशको भविष्य निर्धारण गर्ने जिम्मेवारी पनि हो।

मतदानमार्फत मुलुकले सक्षम र दूरदर्शी नेतृत्व पाएको छ, जसले स्थिर नीति, लगानीमैत्री वातावरण र निजी क्षेत्रको सहभागितासहित समृद्ध अर्थतन्त्र निर्माणतर्फ मुलुकलाई अघि बढाओस् भन्ने अपेक्षा गरेका थिए,आज त्यो पूरा हुने दिशामा अघि बढेको छ। यो निजी क्षेत्र मात्र होइन, आम नेपालीको अपेक्षा पनि हो।

मुलुकको अर्थतन्त्र, रोजगारी र राजस्वमा ८० प्रतिशतभन्दा बढी योगदान दिने निजी क्षेत्र नै विकास र समृद्धिको प्रमुख संवाहक हो। निजी क्षेत्रको सक्रिय सहभागिता र लगानीबाट मात्रै मुलुकमा अपेक्षित विकास र समृद्धि हासिल हुन सक्छ।

निर्वाचनपछि बनेको नयाँ सरकार र नेतृत्वले निजी क्षेत्रको यस महत्वलाई मनन गर्दै निजी क्षेत्र सँगको सहकार्यलाई अझ सुदृढ र प्रभावकारी बनाउनेछ भन्ने विश्वास छ। सरकारले पहिलो दिनमै ल्याएको शासकीय सुधारको एक सय कार्यसुचीले अब देशमा स्थिरता, विकास, सुशासन, शासकीय सेवा र सार्वजनिक प्रशासनमा आमूल सुधार हुन्छ भन्ने संकेत गरेको छ।

होइन, देशको भविष्य निर्धारण गर्ने जिम्मेवारी पनि हो। मतदानमार्फत मुलुकले सक्षम र दूरदर्शी नेतृत्व पाएको छ, जसले स्थिर नीति, लगानीमैत्री वातावरण र निजी क्षेत्रको सहभागितासहित समृद्ध अर्थतन्त्र निर्माणतर्फ मुलुकलाई अघि बढाउने अपेक्षा छ। यो निजी क्षेत्र मात्र होइन, आम नेपालीको अपेक्षा पनि हो।

मुलुकको अर्थतन्त्र, रोजगारी र राजस्वमा ८० प्रतिशतभन्दा बढी योगदान दिने निजी क्षेत्र नै विकास र समृद्धिको प्रमुख संवाहक हो। निजी क्षेत्रको सक्रिय सहभागिता र लगानीबाट मात्रै मुलुकमा अपेक्षित विकास र समृद्धि हासिल हुन सक्छ।

निर्वाचनपछि बन्ने नयाँ सरकार र नेतृत्वले निजी क्षेत्रको यस महत्वलाई मनन गर्दै निजी क्षेत्र सँगको सहकार्यलाई अझ सुदृढ र प्रभावकारी बनाउनेछ भन्ने विश्वास छ। यस दिशामा बालेन्द्र सरकार लागोस।

prabhu mahalaxmi
kumari