stcnepal long ad
global ime bank long

लाइप्जिग पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आरबी लाइप्जिग पहिलो पटक च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा पुगेको छ । गएराति भएको खेलमा एथ्लेटिको म्याड्रिडलाई २–१ ले हराउँदै लाइप्जिग अन्तिम चारमा पुगेको हो ।

लाइप्जिगका ड्यानियल ओल्मो र टेलर अदाम्स्ले एकरएक गोल गरे । एट्लेटिको मड्रिडका जोआओ फेलिक्सले खेलको ७१ औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गरे ।

एट्लेटिकोका फेलिक्सले खेल बराबरीमा ल्याए पनि खेल सकिन दुई मिनेट बाँकी छँदा अदाम्स्ले गोल गर्दै लाइप्जिगलाई जित दिलाएका हुन् ।

अब लाइप्जिगले पहिलो सेमिफाइनलमा भदौ २ गते पेरिस सेन्ट जर्मेन पीएसजीसँग खेल्नेछ । पीएसजीले हिजो एटलान्टालाई २–१ ले हराएर सेमिफाइनल यात्रा तय गरेको हो ।

IME Lifesidebar
kumari