stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एभरेष्ट इन्जिनियरिङ कलेजमा दुई दिने जिआइएस तालिम प्रारम्भ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालमा उच्चस्तरको इन्जिनियरिङ अध्यापनमा अग्रणी भूमिका निभाइरहेको एभरेष्ट इन्जिनियरिङ कलेजमा दुई दिने जिआइएस तालिम आजदेखि प्रारम्भ भएको छ। कार्यक्रमबाट तेह्र जना महिला र बाह्र जना पुरूष सहित जम्मा पच्चीस जना प्रशिक्षार्थीहरू भोलि दीक्षित हुँदैछन्।

भौगोलिक योजना बनाउन, स्थान विशेषको छुट्टै भूधरातलीय गुण अनुसार तथ्याङ्क विश्लेषण गर्न तथा विश्लेषणका परिणामहरू गैरप्राविधिकले पनि बुझ्ने गरी नक्सामा देखाउन मिल्ने जीआईएस सफ्टवेयरको तालिम पानी, हिमनदी तथा मौसम विज्ञानसँग सरोकार राख्ने सबैलाई चासोको विषय रहिआएको छ।

हरेक वर्ष मार्च महिनाको तेस्रो हप्ता विश्वव्यापी जल सप्ताहको रूपमा मनाउने चलन छ। नेपाल राष्ट्रिय हिमनदी, जल तथा मौसम सप्ताह २०२६ अन्तर्गत हरेक वर्ष झैँ यस वर्ष पनि नेपाल सरकारको जल तथा उर्जा आयोगको सचिवालयको नेतृत्वमा नेपालमा विभिन्न कार्यक्रमहरू गरिँदै छन्।

यसै अन्तर्गत जल तथा मौसम विद् समाज(नेपालको तत्त्वावधानमा एभरेष्ट इन्जिनियरिङ कलेज, जल तथा मौसम विद् समाज(नेपाल, द स्मल अर्थ(नेपाल र युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेजको संयुक्त आयोजनामा एभरेष्ट इन्जिनियरिङ कलेज सेमिनार हलमा उक्त कार्यक्रम सञ्चालन हुँदैछ। कार्यक्रमको प्रारम्भमा द स्मल अर्थ–नेपालका तर्फबाट त्रिविक्रम बस्नेतले कार्यक्रमको महत्व बारे प्रकाश पार्नुभयो।

जल तथा मौसम विद् समाज–नेपालका अध्यक्ष तथा एभरेष्ट इन्जिनियरिङ कलेजका प्राचार्य प्रा.डा.हरिकृष्ण श्रेष्ठले जीआईएस सफ्टवेयर स्नातक तथा स्नातकोत्तर कार्यक्रमका थेसिस तयार गर्न तथा भूधरातलीय वास्तविकतामा आधारित तथ्याङ्कको विश्लेषणमा अति उपयोगी भएकोले यस तालिमबाट प्राप्त सीपको अधिकतम उपयोग गर्न उपस्थित सबै प्रशिक्षार्थीहरूलाई सुझाब दिनु भयो। नेपाल इन्जिनियरिङ कलेजका सहप्राध्यापक डा.रघुनाथ प्रजापति यस तालिमका मूल स्रोत व्यक्ति हुनुहुन्छ।

prabhu mahalaxmi
kumari