stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको सहज जित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

राफिन्हाको ह्याट्रिकको मद्दतमा ला लिगाको शीर्ष टोली बार्सिलोनाले संघर्षरत सेभिल्लालाई ५-२ ले सहजै पराजित गरेको छ।

ब्राजिलियन फरवार्ड राफिन्हाले खेलको नवौं मिनेटमा पहिलो गोल गरे। जोआओ क्यान्सेलो लाई जिब्रिल सोले फाउल गरेपछि पाएको पेनाल्टीलाई राफिन्हाले गोल गरे।

त्यसपछि २१ औं मिनेटपछि बार्सिलोनाले अर्को पेनाल्टी पायो। जोसे एन्जेल कार्मोनाले क्यान्सेलोको प्रहार हातले रोकेपछि भिएआर परिक्षणपछि पेनाल्टी दिइयो। त्यसलाई पनि राफिन्हाले गोल गरे।

३८ औं मिनेटमा डानी ओल्मोले १६ यार्ड टाढाबाट पहिलो टचमै गोल गर्दै बार्सिलोनाको‌ अग्रता ३-० बनाए ।
तर पहिलोको इन्जुरी समयमा ओसोले कुशन भलीमार्फत गोल गर्दै सेभिल्लालाई केही आशा दिलाए। सिनियर फुटबलमा त्यो उनको पहिलो गोल थियो।

तर प्रशिक्षक हान्सी फ्लिकको टोलीले दोस्रो हाफमा पनि खेलमा नियन्त्रण कायम राख्यो। ५१ औं मिनेटमा राफिन्हाको प्रहार नेमान्या गुडेल्जमा ठोक्किँदै गोलमा परिणत भयो‌ र उनले ह्याट्रिक पूरा गरे ।

त्यसपछि क्यान्सेलोले ६०औँ मिनेटमा टोलीको पाँचौँ गोल गरे। खेल सकिन केही सेकेन्ड बाँकी रहँदा सेभिल्लाका जिब्रिल सोले ओसोको क्रसमा हेडरमार्फत सान्त्वना गोल फर्काए।

यो जितसँगै बार्सिलोना १० खेल बाँकी रहँदा दोस्रो स्थानको रियल म्याड्रिड भन्दा ४ अंकले अगाडि छ। सेभिल्ला भने तालिकाको १४औँ स्थानमा छ र रेलिगेसन क्षेत्रभन्दा प५ अंक मात्र माथि छ।

ह्याट्रिक गरेका राफिन्हाको ठाउँमा ८२औँ मिनेटमा गाभी मैदान प्रवेश गरे। घुँडाको चोटमुक्त भएका उनी अगस्टपछि पहिलो पटक खेलेका थिए।

लामिन यामललाई पनि बार्सिलोनाले वैकल्पिक खेलाडीका रूपमा उतारेको थियो। बार्सिलोना अब बुधबार घरेलु मैदानमा न्युक्यासल युनाइटेड विरुद्ध च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेग खेल्नेछ। पहिलो लेग १-१ को बराबरीमा सकिएको थियो।

prabhu mahalaxmi
kumari