stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सिटिजन्स बैंकको वार्षिकोत्सवको अवसरमा नवौँ सिटिजन्स इन्ट्रा बैंक इन्डोर क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १९ औं वार्षिकोत्सवको अवसरमा आयोजित नवौँ सिटिजन्स इन्ट्रा बैंक इन्डोर क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न भएको छ ।

फागुनको २९ गते शुक्रबार देखि फागुन ३० गते शनिबार (दुई दिन) सम्म काठमाण्डौंमा सम्पन्न उक्त प्रतियोगिता सफल रुपमा सम्पन्न भएको छ ।

उक्त इन्डोर क्रिकेट प्रतियोगितामा व्यवस्थापन समूह अन्तरगत ८ टिम गरि विभिन्न बैंककै ८४ जना विभाग तथा शाखाहरुका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत  गणेशराज पोखरेलले यस्तो कार्यक्रमहरूले संस्थाको संस्थागत संस्कारलाई मजबुत बनाउने मात्र नभई सुशासन र प्रणालीगत अनुशासनप्रति संस्थाको प्रतिबद्धता समेत झल्काउछ र साथै, संस्थाभित्र अनुशासन, आपसी सहकार्य तथा स्वस्थ जीवनशैलीलाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

साथै उक्त प्रतिोगिताको विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम प्रमुख कार्यकारी अधिकृतले गर्नु भएको छ । बैंकले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू मार्फत कर्मचारीहरूबीच आपसी सहकार्य, सकारात्मक ऊर्जा तथा संस्थागत एकतालाई अझ सुदृढ बनाउने विश्वास लिएको छ ।

“विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।

हालसालै बैंकले नवयुवा लक्षित बचत खाता “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” र “सिटिजन्स डिजी बैंक सेवा” नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।

फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष “फ्रिलान्सर सेविङ्ज अकाउन्ट” नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सी.आर.एन् नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख ९७ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

 

prabhu mahalaxmi
kumari