stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नाडा निर्वाचनसम्बन्धी रिट निवेदन पाटन उच्च अदालतद्वारा खारेज — नव–निर्वाचित कार्यसमितिको शपथग्रहणका लागि मार्ग प्रशस्त

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपाल, नाडा,को हालै सम्पन्न निर्वाचन प्रक्रियासम्बन्धी विषयमा दायर गरिएको रिट निवेदनलाई सम्मानित उच्च अदालतबाट खारेज भएको छ।
अदालतमा बिचाराधिन अवस्थामा संस्थाले न्यायालयप्रतिको उच्च सम्मान तथा विधिको शासनप्रतिको संस्थाको प्रतिबद्धतालाई मध्यनजर गर्दै नव–निर्वाचित कार्यसमितिको औपचारिक शपथग्रहण कार्यक्रम अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको थियो।

आज पाटन उच्च अदालतबाट रिट निवेदन खारेज भएको निर्णय प्राप्त भएसँगै उक्त विषयसँग सम्बन्धित सम्पूर्ण कानुनी अवरोध समाप्त भएको छ र नाडाको नव–निर्वाचित कार्यसमितिको शपथग्रहणका लागि मार्ग प्रशस्त भएको छ।

यसै सन्दर्भमा, नाडाको नव–निर्वाचित कार्यसमितिको शपथग्रहण कार्यक्रम संस्थाको विधान, विधि तथा स्थापित प्रक्रियाअनुसार निकट भविष्यमा सम्पन्न गरिने जानकारी गराइन्छ।

नाडाले सम्मानित अदालतको निर्णयप्रति सम्मान व्यक्त गर्दै उक्त निर्णयले सम्बन्धित विषयमा स्पष्टता ल्याएको तथा संस्थालाई आगामी दिनमा थप स्थिरता र एकताका साथ अघि बढ्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्दछ।

साथै, नाडाले सम्पूर्ण सदस्य, सरोकारवाला निकाय तथा साझेदार संस्थाहरूसँग सहकार्य गर्दै नेपालको अटोमोबाइल क्षेत्रको दिगो विकास, नीतिगत संवाद तथा उद्योगमैत्री वातावरण सुदृढीकरणका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता समेत व्यक्त गर्दछ।
नाडा सम्बन्धमा

NADA Automobiles Association of Nepal नेपालको अटोमोबाइल क्षेत्रको प्रतिनिधित्व गर्ने अग्रणी तथा छाता संस्था हो। करिब पाँच दशकदेखि नाडाले अटोमोबाइल उद्योगको विकास, प्रवर्द्धन, नीतिगत सहकार्य तथा सरोकारवालाबीच समन्वयात्मक भूमिका निर्वाह गर्दै आएको छ।

prabhu mahalaxmi
kumari