stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल भ्रमण वर्षको अवसरमा समुदाय(प्रहरी साझेदारी अन्तर्गत आयोजित वाकाथोन सम्पन्न

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । २५ माघ नेपाल भ्रमण वर्ष २०२० को अवसरमा समुदाय(प्रहरी साझेदारी अन्तर्गत नागार्जुन नगरपालिकाद्वारा आयोजित वाकाथोन कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले काठमाडौं स्वयम्भू स्थित बुद्धपार्कबाट शुभारम्भ गर्नुभएको उक्त वाकाथोन बुद्धपार्कबाट सुरु भई नागार्जुन डाडागाउँ स्थित सेतो गुम्बामा पुगेर कार्यक्रममा परिणत भएको थियो ।
सांसद जिवनराम श्रेष्ठले पर्यटन वर्ष सफल बनाउनका लागि सरकारको साथै सबै नागरिकको सामूहिक सहकार्य आवश्यक हुने उल्लेख गरे । पर्यटन वर्ष सफल बनाउन समुदाय(प्रहरी साझेदारी मार्फत विभिन्न कार्यक्रम हुनु प्रशंसनीय रहेको सांसद श्रेष्ठले चर्चा गरे ।
कार्यक्रमका सभापति नागार्जुन नगरपालिकाका प्रमुख तथा समुदाय(प्रहरी साझेदारी नगरपालिका समिति संयोजक मोहनबहादुर बस्नेतले पर्यटक मैत्री वातावरण तय गर्न शान्तिपूर्ण समाज आवश्यक रहेको चर्चा गर्दै अपराध नियन्त्रण गर्न नेपाल प्रहरीले समुदायसँगको सहकार्यमा विभिन्न चेतनामूलक कार्यक्रम संचालन गर्दै निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो ।
नागार्जुन नगरपालिका वडा नम्वर ६ का वडाअध्यक्ष राजेन्द्र बुढाथोकीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौंका सभापति शिव वैद्य, महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदी, वाकाथोन कार्यक्रमका संयोजक एवम् पर्यटन विद् डा. आलोक प्रसाई, काठमाडौं महानगरपालिका वडा नम्वर १५ का वडाध्यक्ष ईश्वरमान डंगोल, नागार्जुन नगरपालिकाका वडाअध्यक्षहरू लगायतले समेत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
जिल्ला समन्वय समिति काठमाडौंका प्रतिनिधिहरु, नागार्जुन नगरपालिकाका प्रतिनिधिहरू, पर्यटन संघसंस्थाका प्रतिनिधिहरु, सेतो गुम्बाका प्रतिनिधिहरु, विभिन्न विद्यालयका शिक्षक एवम् विद्यार्थीहरु, स्काउट एवम् नेपाल रेडक्रसका प्रतिनिधिहरु, स्वास्थ्य स्वयसेविकाहरु, स्थानीय तहका प्रतिनिधिहरु, महिला समूहका प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, स्थानीय भद्रभलादमी, सञ्चारकर्मी एवम् प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

prabhu mahalaxmi
kumari