citizens life insurance long ad
stcnepal long ad

आजदेखि आईसीएफसी फाइनान्सको ऋणपत्रमा आवेदन दिन सकिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज फागुन ११ गतेबाट आईसीएफसी फाइनान्सले ऋणपत्र जारी गर्दैछ । कम्पनीले ५० करोड रुपैयाँ बराबरको ‘आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर–२०८९’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो। जस अनुसार कम्पनीले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ ऋणपत्र जारी गर्नेछ।

कुल इकाइमध्ये कम्पनीले ३० लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। बाँकी २० लाख इकाइ ९५ प्रतिशतले हुन आउने १० हजार इकाइ सामूहिक लगानी कोषलाई०मा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा २ लाख इकाइसम्म खरिदका लागि आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाका साथै सीडीएससीको मेरो शेयरबाट दिन सकिनेछ।

यो ऋणपत्रको निष्कासन बन्द छिटोमा फागुन १४ गते र ढिलोमा फागुन २५ गते बैंकिङ समयपछि हुनेछ। आईसीएफसी फाइनान्सको यो ऋणपत्र ७ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ८ प्रतिशत ब्याज पाउनेछन्। ऋणपत्रको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

IME Life
kumari