stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

रुस निर्मित कोरोना भ्याक्सिन तत्कालै प्रयोग नगर्न डब्ल्युएचओको सुझाव

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रुस निर्मित कोरोना विरुद्धको भ्याक्सिन पूर्ण परीक्षण नभई प्रयोग गर्न नहुने उल्लेख गरेको छ।

अहिलेसम्म रुसले बनाएको भ्याक्सिनबारे मूल्यांकन गर्न पर्याप्त जानकारी प्राप्त नभएको डब्ल्यूएचओले जनाएको छ । डब्ल्युएचओ अन्तर्गतको पेन अमेरिकन हेल्थ अर्गनाइजेशनका सहायक निर्देशक जरबास बारबोसाले भनेका छन्, ब्राजिलले पनि भ्याक्सिन बनाउन थालेको भनिएको छ, तर पूर्ण परीक्षण नभइकन यी भ्याक्सिन आम प्रयोगमा ल्याउनु हुँदैन।

भ्याक्सिन बनाउने सबैले प्रकृया पालना गर्नुपर्ने र भ्याक्सिन सुरक्षित रहेकोबारे डब्ल्युएचओबाट सिफारिस लिनुपर्ने बारबोसाले बताएका छन् । गत साता पनि रुसलाई डब्ल्युएचओले भ्याक्सिन बनाउँदा अन्तराष्ट्रिय मापदण्ड पालनाका लागि आग्रह गरेको थियो ।

prabhu mahalaxmi
kumari