गोदावरी नगरपालिकाका इन्जिनियरविरुद्ध दुई करोडको भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका इन्जिनियरविरुद्ध करिब दुई करोड बिगो सहितको भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार गोदावरी नगरपालिका,ललितपुरका इन्जिनियर सुवास विष्टविरुद्ध मंगलबार एक करोड ९७ लाख १० हजार १५७ रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर भएको हो ।
पदको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा आयोगले विशेष अदालतमा विष्टविरुद्ध मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेको हो।
अनुसन्धानका क्रममा विष्टले आफ्नो वैध आयभन्दा एक करोड रुपैयाँभन्दा बढी अवैध सम्पत्ति आर्जन गरेको पाइएको आयोगले जनाएको छ।
आयोगले निज र उनका परिवारको नाममा रहेको सम्पत्ति जफत गरी कानुनअनुसार सजाय गर्न माग गरेको छ।
























