नेपाल क्लियरिङ हाउस लिमिटेडका सीईओ प्रधान सम्मानित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडाैँ । नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) नीलेश मान सिंह प्रधानलाई “Manager of the Year 2025” अवार्डबाट सम्मान गरिएको छ ।

नेपाल व्यवस्थापन संघ (Management Association of Nepal – MAN) द्वारा आयोजना गरिएको ४५औँ राष्ट्रिय व्यवस्थापन सम्मेलन २०२६ को अवसरमा डिजिटल भुक्तानी क्षेत्रमार्फत नेपाली अर्थतन्त्रमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो ।

सीईओको नेतृत्वमा NCHL ले NCHL-ECC, NCHL-IPS, RPS, NPS, connectIPS, CORPORATEPAY, NEPALPAY QR, NEPALPAY Card, EFT Switch, NPI तथा NPIx लगायत १० भन्दा बढी राष्ट्रिय भुक्तानी पूर्वाधार स्थापना तथा सञ्चालन गर्दै आएको छ । यी पूर्वाधारहरूले नेपालमा डिजिटल भुक्तानी र डिजिटल अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका खेलेको जनाइएको छ ।

सन् २०११ मा NCHL को कार्यभार सम्हालेपछि चेक क्लियरिङबाट सेवा सुरु गरी आजको दिनसम्म आइपुग्दा संस्थालाई नेपालको भुक्तानी पूर्वाधारको मेरुदण्डका रूपमा स्थापित गर्न सफल भएको योगदानको कदरस्वरूप उक्त अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।

नेपाल व्यवस्थापन संघले प्रत्येक वर्ष व्यवस्थापन क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तिहरूमध्ये छनोट गरी “Manager of the Year” अवार्ड प्रदान गर्दै आएको छ । सोही कार्यक्रममा नेपालमा विशेष योगदान पुर्‍याएका डा. युवराज खतिवडालाई Lifetime Achievement Award बाट सम्मान गरिएको थियो ।

IME Lifesidebar
kumari