citizens life insurance long ad
stcnepal long ad

श्री डिस्टिलरीले २०% हकप्रद शेयर जारी गर्यो 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । श्री डिस्टिलरीले आफ्ना शेयरधनीका लागि २० प्रतिशत हकप्रद शेयर जारी गरेको छ। कम्पनीको माघ २० गते सम्पन्न वार्षिक साधारण सभाले तत्काल कायम चुक्तापुँजीको २० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो। यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिइएको छ।

सोही साधारण सभाको निर्णय बमोजिम कम्पनीले हाल कायम शेयरधनीहरुका लागि हकप्रद शेयर जारी गरेको हो। यो हकप्रद शेयरमा ३५ दिनभित्र कम्पनीको नाममा रकम जम्मा गरी निवेदन दिनुपर्नेछ।

तोकिएको अवधिभित्र हकप्रद शेयर खरिद नगरेमा वा शेयर खरिद गर्ने हक अरुलाई हस्तान्तरण नगरेमा सञ्चालक समितिको निर्णयले नियमबमोजिम शेयर जफत गरी बिक्री गरिने र पछि यस सम्बन्धमा कुनै उजुरी दाबी गर्न नपाइने कम्पनीले स्पष्ट पारेको छ।

IME Life
kumari