stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अमेरिकाबाट ४०० भन्दाबढी नेपाली डिपोर्ट

आज मात्र ९० जना नेपालीलाई चाटर्ड विमानमार्फत काठमाडौँमा ल्याएर छाडियो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौँ आइपुगिसकेको जानकारी दिनुभयो ।

अमेरिकाले चाटर्ड विमानमार्फत उनीहरुलाई काठमाडौँ ल्याएर छाडेको हो । विभागका महानिर्देशक तिवारीले यसरी अहिलेसम्म ४०० भन्दाबढी नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेका बताउनुभयो ।

डिपोर्ट हुनेहरु कागजात नभेटिएका, गैरकानुनी बसेका, अध्यागमन कानुन उल्लङ्घन गरेका लगायत रहेको विभागले जनाएको छ ।

उनीहरुमाथि अहिले प्रहरीको मानव बेचबिखन ब्युरोले अनुसन्धान गरिरहेको र बेचबिखनमा परेको भए उजुरी दिन ब्युरोले अनुरोध गरेको छ । आवश्यक अनुसन्धान पछि ब्युरोले परिवारको जिम्मा लगाउने जनाएको छ ।

prabhu mahalaxmi
kumari