stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

ट्रिप टर्बो र नबिल बैंकबीच रणनीतिक साझेदारी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । डिजिटल यात्रा प्लेटफर्म ट्रिप टर्बोले नबिल बैंक लिमिटेडसँग रणनीतिक साझेदारी गर्दै आफ्ना यात्रा सेवाहरू नबिल बैंकको ‘एनबैंक’ मोबाइल एपमार्फत उपलब्ध गराएको छ।

यस साझेदारीले बैंकिङ र यात्रा सेवालाई एउटै डिजिटल प्लेटफर्ममा एकीकृत गर्दै ग्राहकलाई थप सहज र स्मार्ट अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ।

साझेदारीसम्बन्धी सम्झौतामा नबिल बैंकका उपमहानिर्देशक आदर्श बाजगाई र ट्रिप टर्बोका ग्रोथ तथा मार्केटिङ लिड बिमलराज पौडेलले औपचारिक रूपमा हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार अब नबिल बैंकका ग्राहकहरूले एनबैंक एप प्रयोग गरेर बस टिकट, घरेलु तथा अन्तर्राष्ट्रिय उडान टिकट, साथै विभिन्न यात्रा गतिविधिहरू सजिलै बुक गर्न सक्नेछन्।

ट्रिप टर्बो चयन गरेपछि प्रयोगकर्ता ट्रिप टर्बोको बुकिङ प्लेटफर्ममा प्रवेश गर्नेछन्, जहाँ यात्रा खोज्न, तुलना गर्न र छनोट गर्न सकिनेछ। साथै, सुरक्षित डिजिटल भुक्तानी प्रणालीमार्फत सजिलै भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।

ट्रिप टर्बोले नेपालमा डिजिटल यात्रा बुकिङलाई सरल र पारदर्शी बनाउने उद्देश्यसहित बस, उडान तथा ट्राभल एक्सपेरियन्स सेवाहरू प्रदान गर्दै आएको छ। नबिल बैंकसँगको सहकार्यले ट्रिप टर्बोलाई अझ व्यापक ग्राहक आधारसम्म पुग्न सहयोग पुग्नेछ भने नबिल बैंकका ग्राहकले थप मूल्य अभिवृद्धि हुने सेवा प्राप्त गर्नेछन्।

यो सेवा हाल सबै एनबैंक प्रयोगकर्ताहरूका लागि सक्रिय भइसकेको छ। अब नबिल बैंकका ग्राहकहरूले यात्रा योजना बनाउँदा अलग प्लेटफर्म प्रयोग गर्नुपर्ने झन्झट बिना एनबैंक एपमार्फतै ट्रिप टर्बोका सम्पूर्ण सेवाहरू सहज रूपमा प्रयोग गर्न सक्नेछन्।

prabhu mahalaxmi
kumari