citizens life insurance long ad
stcnepal long ad

स्थानीय पुँजीलाई उद्यमशील क्षेत्रमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह

Nimb long ad
Prabhu Insurance Long Ad

बेनी । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय पुँजीलाई उद्यमशील क्षेत्रमा लगानीको रूपमा रूपान्तरण गर्नुपर्ने बताएका छन् ।

म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यमविकास समितिको आयोजनामा आजदेखि म्याग्दी सदरमुकाम बेनीमा सुरु भएको ‘११औँ माघे सङ्क्रान्ती मेला’, खाना महोत्सव एवं कृषि मेलाको  उद्घाटन  गर्दै  अध्यक्ष ढकालले भने, “‘हामीले घरेलु पुँजीकै उपयोगबाट धेरै ठूला आयोजना सम्पन्न गर्न सक्छौं त्यसका लागि मुख्यगरी सम्भावनाको पहिचान र लगानीमैत्री वातावरण जरुरी हुन्छ ।’’

पर्यटन, जलविद्युत्, खानी, लघुउद्यमलगायतका क्षेत्रमा लगानीको सम्भावना रहेको बताउँदै उनले म्याग्दीका उद्यमी व्यवसायीले सामूहिक रूपमा उद्यमशील योजना अघि बढाएमा आफूलेसमेत लगानी गर्न तयार रहेको बताए ।

मेला महोत्सवले स्थानीय उत्पादनलाई उपभोक्ता सामु पु¥याउन र प्रवद्र्धनमा भूमिका निर्वाह गर्ने गरेको अध्यक्ष ढकालले बताए । माघ ३ गतेसम्म सञ्चालन हुने खाना महोत्सवमा विभिन्न किसिमका प्रतियोगिता सञ्चालन हुने महिला उद्यमविकास समितिका अध्यक्ष अम्बिका श्रेष्ठले जानकारी दिए ।

IME Life
kumari