stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नगर प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। सर्लाहीको बलरा नगरपालिकाका नगर प्रमुख रामा शंकरप्रसाद कुशवाहासहित आठ जनाविरुद्ध तीन लाख ८२ हजार ५३ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन भएको किशोरीको लागि खेलौना बनाउने तालिम कार्यक्रम सम्झौता बमोजिम सञ्चालन नगरी नगराइ, झुट्टा तथा नक्कली बिल भरपाई लगायतका कागजात तयार गरी गराइ भुक्तानी दिइ लिइ भ्रष्टाचार गरेको आरोप लागेको छ।

आयोगका अनुसार नगर प्रमुख कुशवाहासहित बलरा नगरपालिका वडा नं ५ का वडाअध्यक्ष मनोज मोहन कुमार सिंह, सो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशील कुमार साह, लेखापाल राज कुमार महतो, तत्कालीन योजना शाखा प्रमुख उदयकुमार साहविरुद्ध सो भ्रष्टाचार मुद्दा दायर भएको छ।

यसैगरी, शान्ति विकास कल्याण केन्द्र नेपाल, गौर–८, रौतहटका अध्यक्ष सविन्द्र नारायण साह, सदस्य उमेश कुमार पासवान र सदस्य जाजुल मिया कवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) र उपदफा (४) बमोजिमको कसुरमा बिगो रकम तीन लाख ८२ हजार ५३ रुपियाँ कायम गरी सजाय हुन मागदाबी लिइ बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।

prabhu mahalaxmi
kumari