stcnepal long ad
ime life insurance
global ime bank long

हिमालयन लाइफको बोनसदर घोषणा

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले पुस ८ गते स्वीकृत गरेसँगै नयाँ बोनसदर घोषणा गरेको छ।

नयाँ बोनसदर अनुसार बीमितले बीमालेख र बीमा अवधि अनुसार न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ८६ रुपैयाँसम्म बोनस पाउने भएका छन्।

यो बोनसदर मुनाफामा सरिक हुने बीमालेखहरूमा लागू हुने र अर्को बीमांकीय मूल्यांकन स्वीकृत नभएसम्म मृत्यु दाबी भुक्तानी, पूर्ण वा आंशिक अवधि दाबी भुक्तानी, समर्पण मूल्य दाबी भुक्तानी, चुक्ता मूल्य दाबी भुक्तानी तथा चालू बीमालेखहरूमा पनि कायम रहने कम्पनीले स्पष्ट पारेको छ।

नयाँ बोनसदर अनुसार सावधिक बीमा योजनामा बीमा अवधि अनुसार न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ६३ रुपैयाँसम्म बोनस दिइने भएको छ।

त्यस्तै सावधिक तथा आजीवन बीमा योजनामा ४० रुपैयाँदेखि ७५ रुपैयाँसम्म, अग्रिम भुक्तानी सावधिकमा ५७ रुपैयाँदेखि ८६ रुपैयाँसम्म, जीवन उपहार (अग्रिम भुक्तानी) मा ५२ रुपैयाँ र जीवन उपहार (सावधिक) मा ३७ रुपैयाँ बोनस दिइने भएको छ।

prabhu mahalaxmi
kumari