stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर घोषणा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ का लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीको आर्थिक वर्ष २०८१/८२ को आर्थिक लेखाजोखा र दायित्वको मूल्यांकनसम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट पुस ८ गतेको पत्रबाट स्वीकृत भई कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी जारी गरिएको जीवन बीमालेखहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो। कम्पनीले न्यूनतम प्रतिहजार ३० रुपैयाँदेखि अधिकतम ८६ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ।

सावधिक

यस योजनामा कम्पनीले न्यूनतम प्रतिहजार ३२ रुपैयाँदेखि ६३ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ। कम्पनीको यस बीमा योजनामा ९ वर्ष अवधिसम्मका लागि प्रतिहजार ३२ रुपैयाँ निर्धारण गरेको छ। १० देखि १४ वर्ष अवधिका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि प्रति हजार ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रति हजार ४५ रुपैयाँ र २५ वर्ष वा सो भन्दा बढि अवधिका लागि प्रतिहजार ६३ रुपैयाँ कायम भएको छ।

सावधिक तथा आजीवन बीमा योजना

यो योजनामा कम्पनीले ९ वर्षका लागि प्रतिहजार ४० रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ५० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ५३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५९ रुपैयाँ र २५ वर्षभन्दा माथि अवधिका लागि ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ।

अग्रिम भुक्तानी सावधिक

यस बीमा योजनाको हकमा कम्पनीले १० देखि १४ वर्ष अवधिका लागि प्रतिहजार ५७ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ६५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ७२ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि ८६ रुपैयाँ बोनसदर कायम गरेको छ।

जीवन उपहार(अग्रिम भुक्तानी)

यस योजनामा कम्पनीले १६ वर्ष अवधिका लागि प्रतिहजार ५२ रुपैयाँ बोनस दिनेछ।

जीवन उपहार (सावाधिक)

यस योजनामा कम्पनीले १५ वर्ष अवधिका लागि प्रतिहजार ३७ रुपैयाँ बोनस दिने जनाएको छ।

सावाधिक

कम्पनीको यस बीमा योजनाको हकमा ९ वर्ष अवधिसम्मका लागि प्रतिहजार ४३ रुपैयाँ बोनस कायम भएको छ। त्यस्तै, १० वर्षदेखि १४ वर्षसम्म अवधिका लागि ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४६ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५१ रुपैयाँ र २५ वर्ष वा सोभन्दा बढी अवधिका लागि ७६ रुपैयाँ बोनसदर कायम गरेको छ।

सावाधिक तथा आजीवन बीमा योजना

यस योजनाको हकमा ९ वर्ष अवधिसम्मका लागि प्रतिहजार ३८ रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्म अवधिका लागि ३८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ४८ रुपैयाँ र २५ वर्ष वा सोभन्दा बढी अवधिका लागि ७३ रुपैयाँ बोनसदर कायम गरेको छ।

अग्रिम भुक्तानी सावाधिक

यस योजनाको हकमा १५ देखि १९ वर्ष अवधिसम्मका लागि प्रतिहजार ४० रुपैयाँ र २० देखि २४ वर्ष अवधिका लागि ४६ रुपैयाँ बोनसदर कायम भएको छ।

वार्षिक नगद फिर्ता

यस योजनाको हकमा १० देखि १४ वर्षसम्मको अवधिका लागि प्रतिहजार ३९ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्म अवधिका लागि ४१ रुपैयाँ र २० देखि २४ वर्ष अवधिका लागि ४३ रुपैयाँ बोनसदर कायम भएको छ।

सुरक्षित भविष्य जीवन बीमा योजना

यस योजनाको हकमा प्रतिहजार १० देखि १४ वर्षसम्मको अवधिका लागि ३० रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्म अवधिका लागि ३० रुपैयाँ, २० देखि २४ वर्षसम्मको अवधिका लागि ३२ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिका लागि ३५ रुपैयाँ बोनसदर कायम भएको छ।

सावधिक लघु जीवन बीमा र कर्पोरेट जीवन बीमा योजना

यस योजनाको हकमा प्रतिहजार १० देखि १४ वर्षसम्मको अवधिका लागि ४० रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्म अवधिका लागि ४२ रुपैयाँ, २० देखि २४ वर्षसम्मको अवधिका लागि ४७ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिका लागि ७० रुपैयाँ बोनसदर कायम भएको छ।

सावधिक तथा बालबच्चा सावधिक जीवन बीमा योजना

कम्पनीले यस योजनाको हकमा प्रतिहजार ० देखि ९ वर्षसम्मको अवधिका लागि ४० रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्म अवधिका लागि ४२ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको अवधिका लागि ४३ रुपैयाँ, २० देखि २४ वर्षसम्मको अवधिका लागि ४४ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिका लागि ७५ रुपैयाँ बोनसदर कायम गरेको छ।

सीमित भुक्तानी सावाधिक जीवन बीमा (एकल)

यस योजनामा प्रतिहजार कम्पनीले १० देखि १४ वर्षका लागि ३० रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्म अवधिका लागि ३२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ३५ रुपैयाँ र २५ वा सोभन्दा माथिका लागि ४५ रुपैयाँ बोनसदर कायम गरेको छ।

सीमित भुक्तानी सावाधिक जीवन बीमा योजना

यस योजनामा प्रतिहजार १० देखि १४ वर्षका लागि ३३ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्म अवधिका लागि ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ४३ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिका लागि ७५ रुपैयाँ बोनसदर कायम भएको छ।

सावाधिक तथा आजीवन जीवन बीमा योजना

यस योजनामा प्रतिहजार ९ वर्षका लागि ४५ रुपैयाँ, १० देखि १४ वर्षका लागि ४६ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्म अवधिका लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५३ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिका लागि ७४ रुपैयाँ बोनसदर कायम भएको छ।

सीमित भुक्तानी सावाधिक तथा आजीवन जीवन बीमा योजना

यस योजनामा कम्पनीले प्रतिहजार ९ वर्षदेखि २५ वर्ष वा सोभन्दा माथिको सबै योजनामा ५० रुपैयाँ बोनसदर कायम गरेको छ।

वार्षिक अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजना

यस योजनामा प्रतिहजार ९ वर्षका लागि ३० रुपैयाँ, १० देखि १४ वर्षका लागि ३१ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्म अवधिका लागि ३५ रुपैयाँ र २० देखि २४ वर्ष अवधिका लागि ३८ रुपैयाँ बोनसदर कायम भएको छ।

अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजना

यस योजनामा प्रतिहजार १० देखि १४ वर्षका लागि ३० रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्म अवधिका लागि ३२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ३४ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिका लागि ४१ रुपैयाँ बोनसदर कायम भएको छ।

जीवन आधार जीवन बीमा योजना

यस योजनामा १० वर्षदेखि २४ वर्षसम्मको अवधिका सबै योजनामा ५० रुपैयाँ बोनसदर कायम भएको छ।

जीवन सम्पन्न बीमा योजना

यस योजनाका सबै अवधि ९ वर्षदेखि २५ वर्ष वा सोभन्दा माथिको अवधिका सबैमा ५३ रुपैयाँ बोनसदर दिने भएको छ।

जीवन उत्थान बीमा योजना

यस योजनाका सबै अवधिका लागि कम्पनीले ४० रुपैयाँ र जीवन आवरण बीमा योजनाका सबै अवधिमा ४३ रुपैयाँ बोनस दिने भएको छ।

बालबच्चा सावाधिक जीवन बीमा योजना

यस योजनामा कम्पनीले प्रतिहजार ९ वर्षका लागि ३८ रुपैयाँ, १० देखि १४ वर्षका लागि ४० रुपैयाँ र १५ देखि १९ वर्षका लागि ४१ रुपैयाँ बोनस दिने घोषणा गरेको छ।

हिमालयन अनमोल रत्न बाल सावधिक जीवन बीमा योजना

यस योजनामा प्रतिहजार १० देखि १४ वर्ष अवधिका लागि ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४६ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ४८ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि ५० रुपैयाँ बोनसदर कायम गरिएको छ।

prabhu mahalaxmi
kumari bank
kumari