stcnepal long ad
ime life insurance
national life
global ime bank long

विद्युत प्राधिकरणमा नयाँ प्रयोग, अब चालु लाईनमै मर्मत सम्भार हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु लाईनमा नै मर्मत सम्भार गर्ने कार्यको थालनी गरेको छ । प्राधिकरणले लुम्बिनी प्रादेशिक कार्यालयबाट यस्तो कार्यको थालनी गरेको हो ।

नेपाल विद्युत प्राधिकरण मुकायम कार्यकारी निर्देशक दिर्घायु कुमार श्रेष्ठको उपस्थितिमा लुम्बिनी प्रादेशिक कार्यालयबाट यस्को थालनी गरेको प्राधिकरणले जानकारी दिएको छ ।

‘उपभोक्ताहरूलाई बिना अवरोध गुणस्तरीय तथा निरन्तर विद्युत उपलब्ध गराउने उद्देश्यका साथ नेपालमै पहिलो पटक आजबाट चालु अवस्थाको विद्युत लाइन अत्याधुनिक मर्मत उपकरणको प्रयोग गरि मर्मत सम्भार कार्यको सुरुवात गरेका हौँ,’ लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख मनोज कुमार यादवले भने, ‘विद्युत आपूर्तिलाई थप भरपर्दो र गुणस्तरीय बनाउने उदेश्यले चालु लाईनमै मर्मत–सम्भार गर्ने कार्यलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने उद्देश्यले यो नमुना कार्यको रुपमा सुरुवात गरेका हौँ ।’

नमुना कार्यका रुपमा बुटवल उपमहानगरपालिका–११, कालिकानगरमा रहेको ११ केभी लाईनको मर्मत गरी कार्य प्रारम्भ गरिएको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उप–कार्यकारी निर्देशक नवराज ओझाले जानकारी दिए ।

नेपाल विद्युत प्राधिकरण कायम मुकायम कार्यकारी निर्देशक श्रेष्ठ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उप–कार्यकारी निर्देशक नवराज ओझा, लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख यादव बुटवल ग्रिड महाशाखा प्रमुख अनिल बन्जाडेसँगै विभिन्न वितरणका केन्द्र प्रमुखहरु, आयोजना प्रमुखहरुको उपस्थितिमा तालिम प्राप्त कर्मचारीहरुले अत्याधुनिक मर्मत उपकरणकाे प्रयोग गरि मर्मत सम्भार कार्यको प्रयोग गरि चालु लाईनको मर्मत कार्य गरेका थिए ।

‘हाललाई नमुनाको रुपमा सुरुवात गरिएको यो कार्यलाई प्रभावकारिता र आवश्यकताको आधारमा विशेष गरि सहरी क्षेत्रको नियमित मर्मत सम्भारको कार्यमा प्रयोग गर्ने कायमुकायम कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए ।

भविष्यमा अत्याधुनिक मर्मत उपकरणको प्रयोग गरि मर्मत सम्भार कार्यको प्रयोग गरि लाईन मर्मत सम्भार गर्न सकेको खण्डमा मर्मत कार्यमा गर्नु पर्ने अनिवार्य लाईन कटौतीमा कमी आई उपभोक्ताहरुले नियमित र थप भरपर्दो विद्युत सुविधा प्राप्त गर्ने अपेक्षा प्राधिकरणले गरेको छ ।

IME Lifesidebar
kumari