stcnepal long ad
ime life insurance
global ime bank long

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं ।  रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा  आवेदन दिने आज  अन्तिम दिन हो ।  आजसम्म आईपीओमा आवेदन दिन पाइने छ ।

कम्पनीको  प्रतिकित्ता ८२०.८० रुपैयाँका दरले बुक(बिल्डिङ विधि  मार्फत सेयर निष्कासन गरेको छ । ९ लाख २४ हजार ७६८ कित्ता सेयर निष्कासन गरेको छ ।

यस्तै १ लाख १५ हजार ५९६ इकाई सेयर विदेशमा रहेका नेपालीलाई बाँडफाँड गरिएको छ । ५७ हजार ७९८ कित्ता सेयर म्युचुअल फन्ड, ५७ हजार ७९८ इकाई कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको सकेको छ ।

आईपीओमा अहिलेसम्म माग भन्दा करिब २४ गुणा बढी आवेदन परिसकेको छ । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । आईपीओमा न्यूनतम ५० देखि अधिकतम २० हजारसम्म आवेदन दिन सकिने छ ।

prabhu mahalaxmi
kumari