stcnepal long ad
global ime bank long

बन्दीपुरमा लेमन ट्री होटल्स प्रवेश गर्दै, १५ वर्षे फ्रेन्चाइजी सम्झौता सँगै अन्तर्राष्ट्रिय पर्यटनको ढोका खुल्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । बन्दीपुर केवलकार एण्ड टूरिजम लिमिटेड र भारतको अग्रणी अन्तर्राष्ट्रिय होटेल शृङ्खला लेमन ट्री होटल्स लिमिटेड बिच होटेल सञ्चालनका लागि १५ वर्षे फ्रेन्चाइजी तथा व्यवस्थापन सम्झौता सम्पन्न भएको छ।

यस सम्झौतासँगै बन्दीपुरस्थित होटेल अब लेमन ट्री होटल्सको अन्तर्राष्ट्रिय ब्रान्ड अन्तर्गत सञ्चालनमा आउने भएको छ।

सम्झौतामा हस्ताक्षर समारोह भारतको नयाँ दिल्लीस्थित लेमन ट्री होटल्सको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो। बन्दीपुर केवलकार एण्ड टूरिजम लिमिटेडका तर्फबाट चिफ अथराइज्ड कन्सल्टेन्ट विष्णु पन्थी र लेमन ट्री होटल्स लिमिटेडका तर्फबाट मुख्य कार्यकारी अधिकृत (CEO) विलास पवार ले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो।

सम्झौताअनुसार होटेलको व्यवस्थापन, ब्राण्डिङ, अन्तर्राष्ट्रिय बजारीकरण, सेवा गुणस्तर नियन्त्रण, मानव संशोधन विकास तथा वैश्विक आरक्षण प्रणालीमा पहुँच लेमन ट्री होटल्स मार्फत सुनिश्चित हुनेछ। यसले बन्दीपुरलाई अन्तर्राष्ट्रिय पर्यटक गन्तव्यका रूपमा थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

१०० भन्दा बढी होटेल र ९ हजारभन्दा बढी कोठासहित भारत, मध्यपूर्व र एसियाका विभिन्न मुलुकमा उपस्थिति रहेको लेमन ट्री होटल्सको वैश्विक नेटवर्क, कर्पोरेट ट्राभल सेग्मेन्ट र अन्तर्राष्ट्रिय टुर अपरेटरहरूसँगको सहकार्यले बन्दीपुरको पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिइएको छ।

कम्पनीका अनुसार यो सहकार्य बन्दीपुर केवलकार एण्ड टूरिजम लिमिटेडका लागि रणनीतिक माइल स्टोन हो। अन्तर्राष्ट्रिय ब्रान्डसँगको साझेदारीले होटेलको अकुपेन्सी दर वृद्धि, विदेशी मुद्रा आर्जन, राजस्व स्थायित्व तथा कम्पनीको ब्रान्ड मूल्यमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। यसले लगानीकर्ताको विश्वास मजबुत बनाउने र बजारमा कम्पनीको विश्वसनीयता थप सुदृढ गर्ने बताइएको छ।

सम्झौतापछि बन्दीपुर क्षेत्रमा अन्तर्राष्ट्रिय पर्यटकको आगमन बढ्ने, स्थानीय रोजगारीका अवसर सिर्जना हुने र सेवा गुणस्तर तथा पर्यटन पूर्वाधारमा सुधार आउने अनुमान गरिएको छ। बन्दीपुरस्थित होटेल छिट्टै लेमन ट्री होटल्सको ब्रान्ड नाम र मानकअनुसार औपचारिक रूपमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ।

IME Lifesidebar
kumari