व्यक्तिगतभन्दा संस्थागत मुद्दति निक्षेपको ब्याजदर १५ कम हुनुपर्ने व्यवस्था खारेज
काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यक्तिगतभन्दा संस्थागत मुद्दति निक्षेपको ब्याजदर १ प्रतिशत कम व्यवस्था खारेज गरेको छ। केन्द्रीय बैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा जारी गरेको छ।
सोही समीक्षा मार्फत बैंक तथा वित्तीय संस्थाले संस्थागत मुद्दति निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत विन्दुले कम गर्नुपर्ने विद्यमान व्यवस्था खारेज गरिएको हो।
यो प्रावधानसँगै बैंक तथा वित्तीय संस्थालाई संस्थागत मुद्दति निक्षेपको ब्याजदर निर्धारण गर्न खुकुलो भएको छ। य।

























