stcnepal long ad
ime life insurance
national life
global ime bank long

सिक्लेस हाइड्रोले २० औं र २१ औं वार्षिक साधारण सभा मंसिर २९ गते

बोनस र हकप्रद सेयर पारित गर्ने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले साधारण सभा बोलाएको छ । गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश र बोनस शेयर वितरणपछि कायम चुक्ता पूँजीमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाइएको हो।

कम्पनीले यही मंसिर २९ गते सोमबार आभ्या क्लब पोखरामा २० औं र २१ औं वार्षिक साधारण सभा डाकेको हो।

साधारण सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर, त्यसको कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश र बोनस शेयर वितरणपछि कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

साथै साधारण सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, हकप्रद जारी गर्दा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समिति चयन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १८ गते बुक क्लोज गर्ने भएको छ। यस अनुसार मंसिर १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

prabhu mahalaxmi
kumari